सुर्खेत । नेकपा एमालेको कर्णाली प्रदेश अधिवेशनमा शनिबारका लागि निर्धारित मतदान कार्यक्रम आजलाई सारिएको छ ।

सहमतिका लागि शनिबार दिनभर प्रयास गर्दा सफल नभएपछि साँझ मतदान गर्ने तयारी भएपनि सुरक्षाको कारण देखाउँदै आईतवार बिहानका लागि सारिएको एमाले नेता विष्णु रिजालले जानकारी दिए ।

आज बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सुर्खेतको सिटी हलमा मतदान हुने कार्यतालिका तय गरिएको छ । एमालेको कर्णाली प्रदेश अध्यक्षका लागि तीन, उपाध्यक्षका लागि तीन, सचिवमा दुई, उपसचिवमा तीन जनाबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रदेश अध्यक्षका लागि सल्यानका गुलाबजंग शाह, कालीकोटका मीनबहादुर शाही र कालीकोटकै प्रकाश रोकायाले उम्मेदवारी दिएका छन् । गुलाबजंग र मीनबहादुरले प्यानल नै बनाएर चुनावमा भिड्दै छन् भने प्रकाशको प्यानल छैन ।

शाह स्थायी कमिटी सदस्य यामलाल कँडेल समूहका हुन् भने शाही गोरख बोगटी समूहका हुन् । अध्यक्षमा उम्मेदवारी दिएका दैलेखका राजबहादुर शाही र कालीकोटमा प्रेमबहादुर सिंहले भने शनिबार उम्मेदवारी फिर्ता लिएका थिए ।

आइतबार, आश्विन १४, २०८०मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४