काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा उपनिर्वाचनमा प्रधानमन्त्री केपी शर्मा ओलीले आचारसंहिता उल्लंघन गरेको भन्दै कारबाही गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीले मौन अवधिमा सार्वजनिक वक्तव्यमार्फत कुनै उम्मेदवारलाई विजयी गराउन मतदातालाई धम्की दिएको भन्दै कारबाहीका लागि निर्वाचन आयोगलाई आग्रह गरेका हुन् । प्रचण्डले सरकार प्रमुखले नै स्वतन्त्र, स्वच्छ र […]
काठमाण्डौ । पछिल्लो २४ घण्टामा नेपालमा सात हजार नौ सय ८९ जनाले कोरोना जितेका छन् । यो सहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या तीन लाख ६० हजार चार सय तीन पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा आठ हजार एक सय ७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पीसीआर विधिबाट गरिएको परीक्षणमा […]
काठमाडौं । शपथसम्बन्धी रिटमा सर्वोच्च अदालतले राष्ट्रपति कार्यालय र प्रधानमन्त्री केपी शर्मा ओलीसँग लिखित जवाफ माग गरेको छ । सोमबार दर्ता भएका विभिन्न चारवटा रिटमाथि सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, प्रधानमन्त्री ओलीसहितका विपक्षीसँग लिखित जवाफ माग गरेको हो । अब प्रधानमन्त्री ओलीले आफूले शपथ लिँदा राष्ट्रपतिले वाचन […]
काठमाडौं । नेपालमा भारतीय भेरियन्टको कोरोना भाइरस फैलिएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साता देशका विभिन्न स्थानबाट ३५ नमुना संकलन गरेर जिन सिक्वेन्सिङ गरिएको थियो । भारतको ल्याबमा गरिएको जिन सिक्वेन्सिङको मंगलबार प्राप्त नजिताअनुसार ९७ प्रतिशत अर्थात ३४ वटा नमुनामा बी १.६१७.२ र तीन प्रतिशत अर्थात एउटा नमुनामा बी १.६१७.२ […]
काठमाडौं । प्रधानमन्त्रीले लिएको पद तथा गोपनीयताको शपथ बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा चारवटा रिट परेको छ । वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीसमेत, अधिवक्ता राजकुमार सुवाल, अधिवक्ता सन्तोष भण्डारीसमेत र अधिवक्ता नवराज अधिकारीसमेतले सर्वोच्च अदालतमा सोमबार छुट्टाछुट्टै रिट दर्ता गराएका हुन् । प्रधानमन्त्री ओलीले वाचन गरेको शपथ राष्ट्रपतिले वाचन गरेको शपथ भन्दा फरक परेको भन्दै […]
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी दिनमा पार्टीको राजनीतिक एव संगठनात्मक संरचनालाई समेत नयाँ ढंगले अघि बढाउने सोच बनाएको जनाएका छन् । प्रचण्डले आफ्नो फेसबुक पेजमार्फत् पार्टीलाई पुनर्सरचना गर्ने संकेत गरेका हुन्। पार्टी कस्तो बनाउने भन्ने बारेमा इमेल मार्फत् सुझाव दिन आग्रह समेत प्रचण्डले गरेका छन् । प्रचण्डले माओवादी केन्द्र कस्तो […]
काठमाडौं । भारतले कोरोना भाइरस विरुद्धको औषधि तयार पारेको दाबी गरेको छ । आइतबार भारतको केन्द्र सरकारको रक्षा मन्त्रालयले ट्वीट गर्दै कोरोना भाइरसको औषधि तयार भएको र सोमबार बिहान सार्वजनिक गर्न लागेको जानकारी दिएको हो । मन्त्रालयका अनुसार रक्षा मन्त्री राजनाथ सिंहले सोमबार २….डीजी नामक औषधि सार्वजनिक गर्दैछन् । यसलाई भारतमा कोविड १९ संक्रमित बिरामीको […]
काठमाडौं । नेपाल पत्रकार महासंघले कोरोना महामारी नियन्त्रणमा गम्भीर बन्न सरकारसँग आग्रह गरेको छ । शनिबार महासंघका अध्यक्ष विपुल पोखरेलले विज्ञप्ति जारी गर्दै महामारीमा मानवीय क्षति रोक्न राज्यको सबै स्रोत, साधन र जनशक्ति प्रयोग गर्न आग्रह गरेका हुन्। अध्यक्ष पोखरेलले राज्यको तर्फबाट प्रबन्ध गर्नुपर्ने अक्सिजन, अस्पतालमा बेड र उचित उपचार समेत उपलब्ध गराउन नसक्दा महामारीमा […]
सुर्खेत । आर्थिक अभावमा एक सातादेखि घरमै थलिएका आँखा रोगी बराहताल गाउँपालिका ८ का भक्तबहादुर कामीको उपचार डा. सन्दुक रूइतले गरिदिने भएका छन् । आर्थिक अवस्था नाजुक भएकाले उनको उपचारका लागि परिवारका सदस्यहरुले सहयोगको याचना गरेको समाचार सञ्चार माध्यममा आएपछि काठमाडौंको तिलगंगा आँखा अस्पतालका कार्यकारी निर्देशक डा. रूइतले उपचार निःशुल्क गर्ने भएका हुन् । डा. […]
सुर्खेत । कर्णाली प्रदेश सभाको सामाजिक विकास समितिले प्रदेश सरकारलाई सुर्खेतमा दैनिक १ हजार सिलिण्डर भर्न सक्ने अक्सिजन प्लाण्टको तत्काल स्थापना गर्नुपर्ने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । शनिबार बसेको समिति वैठकले कोभिड १९ सँग सम्बन्धित अत्यावश्यकीय औषधि र मेडिकल सामग्रीलगायत प्रदेशभित्र पर्याप्त मात्रामा अक्सिजन प्लाण्टको तत्काल स्थापना गर्नुपर्ने लगायतको माग सहितको निर्देशन दिईएको […]