काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ‘कोप – २८ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गएराति संयुक्त अरब इमिरेट्स (यूएई) जानुभएको छ ।

नेपाल एअरलाइन्सको नियमित उडानबाट उनि नेतृत्वको टोली दुबई प्रस्थान गरेको हो । दुबईमा आजदेखि सम्मेलन शुरु हुँदैछ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय फ्रेमवर्क कन्भेन्सनका पक्षराष्ट्रहरूको सम्मेलनको २८औँ संस्करणमा प्रधानमन्त्री प्रचण्डले नेपालको तर्फबाट सम्बोधन गर्नेछन् । यो सम्मेलनमा नेपालको मुख्य एजेन्डा जलवायु परिवर्तन र त्यसबाट हिमालय क्षेत्रमा परेको असर तथा त्यसको न्यूनीकरणका लागि पहल रहेको छ ।

प्रधानमन्त्री प्रचण्ड भोलि र पर्सि ‘विश्व जलवायु शिखर सम्मेलन’ को उच्चस्तरीय सत्रमा सहभागी हुनुहुनेछ । उनले पर्सि १६ गते सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डले उच्चस्तरीय सम्मेलनका क्रममा सहभागी विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुख, अन्य उच्च पदस्थ व्यक्तिसँग बेग्लाबेग्लै भेटवार्ता गर्नेछन् भने प्रधानमन्त्री प्रचण्ड मङ्सिर १७ गते स्वदेश फर्किने कार्यक्रम छ ।

कोप–२८ सम्मेलन आउँदो मंसिर २६ गतेसम्म चल्नेछ ।

बिहिबार, मंसिर १४, २०८०मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक : निर्मला स्वर्णकार ९८४८१९६९५७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४