निषेधाज्ञामै कालोपट्टी बाँधेर सरकारको विरोध

सुर्खेत । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले असंवैधानिक तरिकाले प्रतिनिधिसभा विघटन गरेको भन्दै नेपाली कांग्रेस सुर्खेतले निषेधाज्ञामै कालोपट्टी बाँधेर विरोध जनाएको छ । वीरेन्द्रनगरको नेपाली कांग्रेस पार्टी कार्यालयन नजिकबाट सुरु भएको विरोध र्याली नेताचोकमा पुगेर सभामा परिणत भएको छ । टाउकामा कालो पट्टी बाँधेरका प्रदर्शनकारीले प्रधानमन्त्री ओलीको विरोध गर्दै संसद पुर्नस्थापना गर्नुपर्ने नारा लगाएका थिए […]

कर्णालीका पत्रकारको निःशुल्क परामर्शदातामा डाक्टर के.सी. र डाक्टर न्यौपाने

सुर्खेत । प्रदेश अस्पताल सुर्खेतका बालरोग विशेषज्ञ डाक्टर नवराज केसी र जनरल फिजिसियन डाक्टर प्रदिप न्यौपानेले कोरोना भाइरसबाट संक्रमित पत्रकारका लागि निःशुल्क परामर्श सेवा दिने भएका छन् । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश र डाक्टरद्वय बीच कर्णाली प्रदेशका १० वटै जिल्लाका संक्रमित पत्रकार र उनका परिवारलाई निःशुल्क परामर्श सेवा दिने गरि शुक्रबार सम्झौता भएको छ […]

प्रधानमन्त्रीमा दुवै दाबी किर्ते, चुनाव घोषणा गर्न अध्यक्ष थापाको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीमा परेका दुवै दाबी किर्ते भएको भन्दै खारेज गर्न माग गरेका छन् । सामाजिक सञ्जालमार्फत थापाले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको दाबीमा विश्वासको मत प्राप्त गर्ने आधार नरहेको बताएका हुन् ।उनले दुवै दाबी जाली र किर्ते भएको भन्दै […]

प्रधानमन्त्रीमा देउवाको प्रस्ताव : १४९ जना सांसदको हस्ताक्षरसहित शीतलनिवासमा

काठमाडौं । विपक्षी गठबन्धनका नेताहरुले नयाँ सरकार गठनका लागि आवश्यक बहुमत जुटाईसकेका छन् । शुक्रबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको कांग्रेस, माओवादी केन्द्र, जसपा र एमालेको माधवकुमार नेपाल पक्षका शीर्ष नेताहरुको बैठकले नयाँ सरकार गठनका लागि हस्ताक्षर जुटाएको हो । देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा १४९ जना सांसदको हस्ताक्षर जुटेको नेताहरुले काग्रेस सांसद गगन थापाले बताए […]

कर्णालीमा स्वास्थ्यकर्मीलाई ५० प्रतिशत थप जोखिम भत्ता

सुर्खेत । कर्णाली प्रदेश सरकारले कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई ५० प्रतिशत थप जोखिम भत्ता दिने निर्णय गरेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले कोरोना महामारीमा रातदिन नभनि खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रोत्साहन स्वरुप थप भत्ता दिने निर्णय गरेको हो । प्रदेशमा बसेर काम गरुन् भन्ने हेतुले एकसय ३५ प्रतिशत सम्म थप प्रोत्साहन रकमको व्यवस्था […]

राष्ट्रपती र प्रधानमन्त्री विरुद्ध सर्वोच्चमा रिट हाल्ने तयारी

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध सर्वोच्च अदालतमा रिट हाल्ने तयारी गरिएको छ । संविधानको धारा ७६ (५) बमोजिम सरकार गठनको आव्हानको विरुद्ध सर्वोच्च अदालतमा रिट हाल्ने तयारी गरिएको हो । अधिवक्ताद्धय वीरभद्र जोशी र सन्तोष भण्डारीले राष्ट्रपतिले गरेको सरकार गठनको आव्हान गैरसंवैधानिक भएको भन्दै छ्ट्टाछुट्टै रिट हाल्ने तयारी गरेका […]

प्रधानमन्त्री र राष्ट्रपतिले संविधान मिच्ने काम गरेको भन्दै चौतर्फी विरोध

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दलहरुलाई २१ घण्टाको समय दिएर संविधान मिचेको भन्दै चौतर्फी विरोध भएको छ । प्रधानमन्त्रीले राजीनामा दिएमा वा अविश्वासको मतबाट पदमुक्त भएमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने संवैधानिक व्यवस्था रहे पनि प्रक्रिया नै मिचेर राष्ट्रपतिले नयाँ सरकार गठनको आह्वान गरेको भन्दै विभिन्न राजनीतिक दल, संविधान र […]

बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा देवकोटा निर्वाचित

काठमाण्डौं । निवर्तमान गृहमन्त्री एवं नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी भएका छन् । देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहको समर्थन थियो । देवकोटाको पक्षमा ५०८८ मत र बादलले ४०१४ मत पाप्त गरे । वाग्मती प्रदेशसभाका १०५ सदस्यले मतदान […]

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ः३० बजे बैठक बोलाइएको नेपाल सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए । बैठकको एजेन्डाबारे भने केही खुलाइएको छैन । मन्त्रिपरिषदको बैठक अघि एमालेको स्थायी कमिटीको बैठक बोलाइको छ ।

राष्ट्रिय सभा उपनिर्वाचनमा थापा र देवकोटा भिड्दै, स्वविवेक मत दिन नेपालको आग्रह

काठमाडौं । बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचन आज हुँदै छ । बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदान हुँदैछ । उपनिर्वाचनमा नेकपा एमालेकै दुई जनासहित तीन उम्मेदवार चुनावी मैदानमा छन् । एमालेको संस्थापन पक्षका गृहमन्त्री रामबहादुर थापा बादल र नेकपा एमालेकै नेपाल खनाल समूहका तर्फबाट डाक्टर खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर […]

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक/सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्वाददाता : सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५, नविन पुरी ९८४८२७६७२८

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957