काठमाडौं । काठमाडौंमा आलु र प्याजको बिक्री ठप्प भएको छ । व्यवसायीले आयात रोकेपछि आलु र प्याजको बिक्री पनि रोकिएको हो। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज दैनिक मूल्यसूचीमा आलु र प्याजको मूल्य तोकेको छैन ।

समितिका प्रवक्ता बिनय श्रेष्ठले व्यापारीहरुले बजारमा आलु र प्याजको कारोबार नै नगरेकाले मूल्य नतोकिएको जानकारी दिए । आलु र प्याजमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने सरकारको निर्णयका कारण व्यापारीले बिक्री रोकेका हुन् ।

आलु–प्याज आयात–निर्यात तथा थोक विक्रेता संघका महासचिव प्रकाश गजुरेलका अनुसार हिजोदेखि व्यवसायीले आलु र प्याजको आपूर्ती ठप्प पारेका छन्। उनले स्वदेशी आलु र प्याजमा पनि भ्याट तिर्नुपर्ने अव्यवहारिक निर्णयका कारण विक्री रोक्नुपरेको बताए ।

चालू आर्थिक बर्ष ०८०÷८१ को आर्थिक ऐनमा आलु र प्याजमा भ्याट लगाउने व्यवस्था छ । बजेट सार्वजनिक हुनासाथ व्यवसायीले यस्तो व्यवस्थाको विरोध गरेका थिए । त्यसपछि अर्थमन्त्री डा. प्रकाशशरण महतले संसद्मा सम्बोधन गर्दै आयातीत आलु र प्याजमा मात्रै भ्याट लगाउने गरी कार्यविधि बनाउने आश्वासन दिएका थिए । तर, पछिल्लो समय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र आन्तरिक राजस्व कार्यालयले गरेको अनुगमनमा आलु–प्याज बिक्री गर्दा भ्याट बिल जारी गर्न कडाइ गरेपछि व्यवसायीले सटर बन्द गर्न बाध्य भएको महासचिव गजुरेलको भनाइ छ ।

काठमाडौं उपत्यकामा मात्रै दैनिक ७० हजार किलो आलु र ३० हजार किलो प्याज खपत हुने गरेको छ ।

बिहिबार, मंसिर २१, २०८०मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४