३४औँ राष्ट्रिय पुरूष भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले हात पारेको छ । एपीएफ क्लबलाई हराउँदै नेपाल पुलिस क्लबले जित हात पारेको हो ।

उपाधिका लागि बिहीबार दिउँसो १ बजेदेखि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतस्थित खुलामञ्चमा भएको एपीएफ र पुलिसबीचको खेलमा पुलिस क्लबले उपाधि हातपार्न सफल भएको हो ।

निकै प्रतिस्पर्धात्मक देखिएको खेलमा एपीएफले पुलिसलाई पहिलो सेट २५ – २२ ले हराएको थियो । तर, दोस्रो सेटबाट नेपाल पुसिल क्लबले लगातार तीनवटा सेट जितेको हो ।

नेपाल पुसिल क्लबले एपीएफलाई दोस्रो सेटमा २५–१९, तेस्रो सेटमा २५–१८ र चौथो सेटमा २५–२३ ले हराउँदै विजयी भएको हो । यस्तै, बिहीबार बिहान भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै गण्डकी प्रदेशले तेस्रो स्थान हासिल गरेको छ। तेस्रो स्थानका लागि भएको खेलमा गण्डकीले आर्मीलाई ३–१ को सेटमा हराएको थियो ।

गण्डकीले आर्मीलाई पहिलो सेटमा २५–२२ ले हराएको थियो । दोस्रो सेटमा भने गण्डकी २६–२४ ले पराजित भयो । त्यसपछिका सेटमा भने गण्डकीले लगातार बाजी मार्न सफल भयो । तेस्रो सेटमा आर्मीलाई २६–२४ तथा चौथो तथा अन्तिम सेटमा २५–२२ ले नतिजा निकाल्दै गण्डकीले बाजी मारेको हो ।

पुस २० गतेबाट सुरु भएको प्रतियोगितामा तीन विभागीयसहित ७ प्रदेश गरी १० टोली सहभागी थिए ।

बिहिबार, पौष २६, २०८०मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४