आयात घट्दा यसरी प्रभावित भयो राजस्व

काठमाडौं । आर्थिक वर्ष २०७९/८० मा सरकारले लक्ष्यको ६८/२ प्रतिशत मात्र राजस्व संकलन गर्न सक्यो । यो सो वर्षको लक्ष्य पूरा नभएको अवस्था मात्र नभई अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा संकलित रकमको तुलनामा समेत ठूलो गिरावट हो । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आव २०७९/८० को अद्यावधिक विवरण अनुसार यस आवमा अघिल्लो आवको तुलनामा राजस्व १०.२ […]

लागुऔषध र कुलत राष्ट्रकै लागि हानिकारक : रक्षामन्त्री खड्का

लागुऔषध र कुलत राष्ट्रकै लागि हानिकारक स् रक्षामन्त्री खड्का   उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णाली प्रदेशमा लागू औषधविरुद्धको लालटिन अभियानको शुभारम्भ गरेका छन् । लागू औषधका कारण घर, समाज र सिङ्गो राष्ट्रलाई असर पुर्‍याइरहेको बताउँदै उपप्रधानमन्त्री खड्काले सिङ्गो समाज यसका विरुद्ध एकजुट हुनुपर्नेमा जोड दिए । उपसभापति खड्काले सीमा नाकामा हुने लागू औषध ओसार–पसार […]

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं ।  सत्तारूढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । सङ्घीय संसद् नयाँ वानेश्वरमा बस्न लागेको हो । बैठकमा मुलुकको समसामयिक अवस्था तथा गत शनिबार इजरायलमा भएको आतङ्कवादी आक्रमण र त्यसबाट त्यहाँ रहेका नेपाली नागरिकले झेल्नु परेको विषम परिस्थितिका बारेमा छलफल हुने प्रमुख सचेतक रमेश लेखकले बताए ।

कोशीका मुख्यमन्त्री कार्कीले दिए राजीनामा

काठमाण्डाै । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिएका छन् । एमाले संसदीय दलको बैठकले राजीनामा दिने निर्णय गरे अनुसार कार्कीले राजीनामा दिएको एमाले प्रमुख सचेतक रेवतिरमण भण्डारीले बताए । मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि आज प्रदेशसभा बैठक बोलाइएको थियो । संविधानको धारा १६८ को उपधारा ३ अनुसार नियुक्त भएका मुख्यमन्त्रीले विश्वासको मत नपाए उपधारा ५ […]

प्रदेश खारेजीको माग गर्दै प्रदर्शन गरिने

प्रदेश खारेजीको माग गर्दै प्रदर्शन गरिने   प्रदेश खारेजीको माग राख्दै विराटनगरमा असोज २० गते शनिबार भोली प्रदर्शन गरिदैं छ । संविधान अनुसार तीन तहका सरकारमध्ये प्रदेश तह खारेजी हुनुपर्ने माग गर्दै कन्चनबारीबाट प्रदेश सरकारको मुख्य प्रशासनिक भवन रहेको रोडशेष हुँदै मोटरसाइकल र्याली बजारको परिक्रमा गरेर पुनः कन्चनबारीमा कोणसभा आयोजना गरिएको छ । अभियानको नेतृत्वमा […]

बझाङमा ३ घन्टाभित्र ४ रेक्टरमाथिका ६ वटा भूकम्प

काठमाडौं । बझाङमा केन्द्रविन्दु भएर आज मंगलबार पटक पटक भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सबैभन्दा ठूलो धक्का दिउँसो ३ बजेर ६ मिनेटमा ६।३ रेक्टर स्केलको गएको थियो । त्यसअघि २ बजेर ४० मिनेटमा ५. ३ रेक्टर स्केलको भूकम्प गएको थियो, जुन पहिलो थियो । ‘३ बजेर ६ मिनेटको मेनसकपछि […]

क्रिकेटमा नेपाल भारतसँग २३ रनले पराजित

काठमाडौं । चीनको हान्झाउमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपाल भारतसँग पराजित भएको छ । भारतले दिएको २०३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल २३ रनले पराजित भएको हो । नेपालले ९ विकेट गुमाएर १७० रन मात्रै बनायो । नेपाली ब्याटरले उत्कृष्ट प्रदर्शन गरे पनि जित निकाल्न सकेनन् ।   टस जितेर ब्याटिङ गरेको […]

नेकपा एमाले कर्णाली प्रदेश अध्यक्षमा शाह विजयी, ओलीलाई लाग्यो झड्का

सुर्खेत । बुधबारदेखि सुर्खेतमा जारी नेकपा एमालेको प्रथम कर्णाली प्रदेश अधिवेशनबाट अध्यक्षमा सल्यानका गुलाबजंग शाह निर्वाचित भएका छन् । एमाले पोलिटब्युरो सदस्यसमेत रहेका शाह ३ सय ६९ मतका साथ विजयी हुँदा उनका निकटतम् प्रतिस्पर्धी कालीकोटका मीनबहादुर शाही पराजित भए । शाहीले २०७ मत मात्र पाए। अध्यक्षकै अर्का उम्मेदवार प्रकाश रोकायाले ४ मत प्राप्त गरे । […]

एमाले कर्णाली अधिवेशनमा मतगणना सुरु

सुर्खेत । नेकपा एमालेको कर्णाली प्रदेशको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । अध्यक्ष मण्डलका सदस्य विष्णु रिजालले सिटी हलमा मतगणना सुरु भएको जानकारी दिए । प्रदेश राजधानी वीरेन्द्रनगरमा जारी एमालेको कर्णाली प्रदेशको प्रथम अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आइतबार राति मतदान भएको थियो । सोमबार बिहान आठ बजेदेखि मतगणना सुरु […]

एसियाली क्रिकेटमा मंगलवार नेपालले भारतसँग खेल्ने

काठमाण्डौं । एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालले क्वार्टरफाइनलमा भारतसँग खेल्ने भएको छ । सोमबार भएको ड्र अनुसार नेपालले क्वार्टर फाइनलमा भारतलाई प्रतिद्वन्द्वी पाएसंगै मंगलबार बिहान चीनको समय अनुसार बिहान ९ बजे देखि खेल्नेछ । एक महिनाअघि एसिया कप क्रिकेट पहिलो पटक भारतसँग ओडीआई खेलेको नेपालले एसियन गेम्समा भारतसँग पहिलो पटक टी(२० आई खेल्ने भएको हो […]

हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१