काठमाण्डौं । सहकारीमा भएको करोडौं ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उनका पूर्वसहकमर्मी जिबी राईविरुद्ध सहकारी विभागमा उजुरी दर्ता भएको छ ।

गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई र तत्कालीन प्रबन्धत निर्देशक लामिछानेविरुद्ध युवराज सफलले सहकारी विभागमा उजुरी दर्ता गराएका हुन् । लामिछाने र राई दुवैविरुद्ध छानबिन र कारबाही मागसहित सफलले नेपाली नागरिकको तर्फबाट उजुरी दर्ता गराएका हुन् । उजुरीमा कानुनबमोजिम हदैसम्मको कारबाही माग गरिएको छ ।

सफलले सहकारीबाट कर्जा झिक्दा गरिएका कर्जा सम्झौताका कागजात र कर्जा प्रवाह गर्दा गरिएका सहकारीको निर्णयका प्रतिलिपि वा सक्कल कागज झिकाई अनुसन्धान गर्न पनि ध्यानाकर्षण गराएका छन् ।

रवि र जिबीको नाम चितवन, पोखरा र बुटवलमा सञ्चालित सहकारीबाट अनधिकृत रुपमा ऋण निकालेर टेलिभिजनमा लगानी गरेको प्रकरणमा जोडिएको छ ।

बुधबार, माघ ०३, २०८०मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४