ज्वाला अपडेट

२ वर्ष अगाडि

काठमाडौं : रुस–युक्रेन युद्धमा परी थप एक नेपाली युवाको ज्यान गएको छ । लमजुङको दूधपोखरी गाउँपालिका–१ का ३० वर्षीय साजन गुरुङको मृत्यु भएको हो ।

परिवारको कमजोर आर्थिक अवस्थाका कारण विदेश जान लागेको जानकारी गराएका उनी रूसी सेनामा भर्ती भएको र पुस १४ गते मृत्यु भएको खबर मंगलबार आएको माओवादी केन्द्रको भ्रातृ संगठन वाइसिएलका केन्द्रीय सचिव सुनील सुनारले जानकारी दिए ।

साजन वाइसिएल दूधपोखरी गाउँपालिकाका अध्यक्ष समेत थिए । साजनका पिता श्रीमान गुरुङका अनुसार छोरा साजन वैदेशिक रोजगारीका लागि खाडी जाने भन्दै गत भदौ पहिलो हप्ता उडेका थिए । तर साजन रूसी सेनामा भर्ती भएको जानकारी परिवारले असोजमा मात्रै पाएको थियो ।

साजन पुस १४ गतेसम्म परिवारको सम्पर्कमै थिए । योसँगै रुस–युक्रेन युद्धमा ज्यान गुमाउने नेपालीको संख्या १२ पुगेको छ । दर्जन बढी नेपाली युवाका शव रुस स्थित शवगृहमा राखे पनि सरकारले स्वदेश ल्याउन सकेको छैन ।

बरु रूसी सेनामा मृत्यु हुने नेपालीहरूको संख्यामा बढोत्तरी भइरहेको छ । १ सय ३३ परिवारले आफ्ना परिवारका सदस्यहरू त्यहाँ जोखिममा परेको जानकारी परराष्ट्र मन्त्रालयलाई दिएका छन् ।

सरकारले आफ्ना नागरिकहरूलाई रूसी सेनाबाट फिर्ता गराउन पहल गरिरहेको बताए पनि सफलता पाएको छैन ।

मंगलबार, माघ ०२, २०८०मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४