सुर्खेत । वीरेन्द्रनगर नगरपालिका विरुद्ध सुर्खेतका दलितहरु अधिकारकर्मिहरुलेे  चरणबद्ध विरोधका कार्यक्रमहरुकाेे घाेषणा गरेका छन् ।

विद्दालय नर्स पदमा कोहीपनि दलित उम्मेदवार छनौट नभएपछि डम्मरबहादुर नेपालीको संयोजकत्वमा समानुपातिक समावेशी कार्यान्वयन संघर्ष समिति गठन गरिएको छ ।

सो समितिले नगरपालिकाको उक्त कदमका विरुद्ध शुक्रवार पत्रकार सम्मेलन गरी यही साउन ७ गतेसम्मका लागि पहिलो चरणको संघर्षको कार्यक्रम सार्वजनिक गरेको छ । साउन ३ गते (आज) शनिवार वीरेन्द्रचोकमा कोणसभा, साउन ४ गते आइतवार नगरपालिकाको कार्यालयमा धर्ना, साउन ५ गते सोमवार सिट्टी ¥याली, साउन ६ गते मंगलवार नगरपालिकामा ¥यालीसहित प्रदर्शन र साउन ७ गते बुधवार नगरपालिकाको कार्यालयमा तालावन्दी गर्ने कार्यक्रम समितिले सार्वजनिक गरेको छ ।

संघर्ष समितिले नगरपालिकासमक्षम ४ बुँदे माग राखेको छ । तत्काल असमावेशी विज्ञापनको नतिजालाई रद्द गरी लोक सेवा आयोगको नियम अनुसार र निजामति सेवा ऐन रहेर करार नियुक्ति पुनः प्रक्रिया अगाडि बढाउनुपर्ने, तत्काल समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा कर्मचारी ऐन बनाउनुपर्ने, आगामी दिनमा कर्मचारी व्यवस्थापन गर्दा समानुपातिक सवमोशी र सहभागितामूलक सिद्धान्तका आधारमा गर्नुपर्ने र विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा संचालन कार्यविधि २०७६ लाई समानुपातिक समावेशी तथा लोक सेवा आयोगको निजामति कर्मचारी ऐन अनुसार बनाउनका लागि सम्बन्धित निकायमा सिफारिस गर्नुपर्ने माग राखिएको छ ।

गत असार १७ गते वीरेन्द्रनगर नगरपालिकाले विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा संचालन कार्यविधि २०७६ बमोजिम नगरपालिका अन्तर्गतका विद्यालयहरुका लागि विद्यालय नर्स (स्टाफ नर्स) पदको २० पदमा पदपूर्ति सूचना प्रकाशित गरेको थियो । तोकिएको अवधिभित्र १२६ जनाले आवेदन दिएका थिए । असार २४ गते कूल आवेदकमध्ये ४३ जनाको नाम छोटो सूचीमा प्रकाशित गरियो । असार २६ र २७ गते को अन्तरवार्तामा ४२ जना सहभागी भएका थिए ।

असार २७ गते नै नगरपालिकाले छोटो सूची र अन्तर्वार्तामा कूल प्राप्तांकको आधारमा २० जनाको उम्मेदवारहरु छनौट गरी नतिजा प्रकाशन ग¥यो भने अन्य २० जनालाई वैकल्पिकमा राखिएको थियो । विद्यालय नर्समा छनौट भएका २० जना सवै गैरदलित छन् । अन्तर्वातामा चार जना दलित उम्मेदवारहरु सहभागी थिए । उनीहरु सवैलाई बैकल्पिकमा राखिएको छ ।

२० जनामा एक जना पनि दलित समुदायको नभएको भन्दै अहिले वीरेन्द्रनगर नगरपालिकाका विरुद्धका यहाँका दलित अगुवाहरु संघर्षमा उत्रिएका हुन् ।

छोटो सूचीमा छनौट भएका ४३ जनामा दलित समुदायका चार जना रहेको र उनीहरु कोहीपनि विद्यालय नर्स पदमा छनौटमा नपारिएपछि दलित अगुवाहरुले स्थानीय तहले दलितप्रति विभेद गरेको आरोप लगाएका छन् । वीरेन्द्रनगर नगरपालिकामा करिव १९ प्रतिशत दलितहरुको बसोबास छ ।

दलित अगुवा डम्मरबहादुर नेपालीले अन्तर्वार्तामा उपस्थित दलित समुदायका चारै जनालाई नगरपालिकाले नियतबस नै छनौटमा नपरेको आरोप लगाए ।

संविधानको समानुपातिक समावेशिताको सिद्धान्तको उपेक्षा नगरपालिकाले गरेको भन्दै उहाँले नगरपालिकाको उक्त कदमविरुद्ध सशक्त संघर्षमा उत्रिएको उल्लेख गरे ।
उनले नगरपालिकाले गरेको विभेदका विरुद्ध कानुनी उपचार खोजिने जानकारी दिदैं जागीर खाने सवालभन्दा पनि संविधानले दिएको अधिकार पाउनुपर्ने बताए ।

यस्तै अर्का दलित अगुवा सन्जुसिंह विश्वकर्माले समावेशी सिद्धान्त अनुसार नगरपालिकाले पहिलेको विज्ञापन रद्द गरेर पुनः विज्ञापन गर्न माग गरे । कार्यविधिका नाउँमा जे गरे पनि हुन्छ भन्दै उनले नगरपालिकालाई समावेशी समानुपातिक सिद्धान्तलाई आत्मसात गर्न आग्रह गरे ।
यसैगरी बसन्त विश्वकर्मा गणतन्त्रमा पनि दलितहरुलाई गरिने विभेद नहटेको बताए ।

भीमबहादुर शाही परियारले संविधानले दिएको अधिकार राज्यले नै कटौती गरेको भन्दै समावेशी समानुपातिक सिद्धान्तलाई कार्यान्वयन गर्न माग गरे

शनिबार, साउन ०३, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
हाम्रो बारेमा

“निष्पक्ष विचार खोजमुलक समाचार सभ्य समाज निर्माण आजको सरोकार” भन्ने नाराका साथ कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतमा कार्यालय रहने गरी कम्पनी रजिष्टारको कार्यालय र सुचना विभागमा आधिकारिक दर्ता भई नियमित सञ्चार माध्यमको रुपमा काम गर्दै आएको ज्वाला प्रोडक्सन नेपालद्धारा सञ्चालित WWW.JWALAUPDATE.COM नेपाली भाषाको अनलाईन समाचार पत्रिका हो ।

सम्पर्क कार्यालय : वीरेन्द्रनगर सुर्खेत कर्णाली प्रदेश नेपाल
मो. : ९८४५८०२८९५७, ९८४८१९६९५७
news : [email protected]
add : [email protected]
सुचना विभाग दर्ता नं :…………………..

हाम्रो टिम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल सुर्खेत
प्रधान सम्पादक : कोमल शाही
सम्पादक : गोविन्द बिश्वकर्मा
सह-सम्पादक : खगेन्द्र राना मगर
कला साहित्य : अलिफ खान
Graphic Designer : तीर्थ भण्डारी
web Designer : websoft IT Nepal

संवाददाताहरु

१० वटै जिल्लाबाट संवाददाताहरु आबश्यक्ता परेकाे हुंदा ईच्छुकले सम्पर्क गर्नुहाेला ।