सुर्खेत, असार १९ । दिनभर कपाल काटेर गुजारा चलाउँदै आएका सुर्खेतका नाई व्यसायीहरुले जिल्ला प्रशासन कार्यालय सुर्खेतमा ज्ञापन पत्र बुझाएका छन् ।


विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण नाई व्यवसायीहरु मर्कामा परेको भन्दै अरु व्यापारी जस्तै आफ्नो व्यापार पनि सञ्चालन गर्न पाउन भन्ने माग राख्दै शुक्रबार संयुक्त रूपमा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई ज्ञापन पत्र बुभाएका हुन् ।

सुर्खेतमा अन्य व्यवसाय खुले पनि सैलुन व्यवसाय सञ्चालनका लागि सरकारले थप निर्णय नगर्दा जीविको पार्जनका लागि समस्या हुँदै आएको सैलुन व्यवसायीहरूको गुनासो छ । सरकारले दिएको ५ किलो चामलले दूई दिन नपुग्ने गुनासो गर्दै बाल बच्चा पालन पोषण गर्ने र दैनिक गुजारा चलाउने पेसालाई लकडाउनले ताल्चा लगाईदिएको नाई व्यवसायी संघ सुर्खेतका सदस्य जय कुमार ठाकुरले बताएका छन् ।

पसल नखुलेपनि भाडा भने चार महिनादेखि चालु रहेकोले थप समस्या परेको नाई व्यवसायी सुविर अन्सारीले बताए । आफुहरुको व्यवसायलाई निरन्तरता दिन प्रशासनले सहजिकरण गरेपछि केहि समस्या समाधान हुने ठाकुरको भनार्इ छ ।

नेपाल र्नाइ संघ सुर्खेतका अनुसार सुर्खेतं उपत्यकामा झण्डै ५० सैलुनहरुका २०० जना युवाहरुको रोजगारी गुमेको छ । अहिले उनीहरू सहित सुर्खेतका सबै सैलुन व्यवसायी ठूलो आर्थिक चपेटामा परेका छन् ।

उनीहरूले पसल सञ्चालन र ऋणको ब्याज मिनाहका लागि पहल गरिदिन समेत प्रशासनलाई आग्रह गरेका छन् ।

शुक्रबार, आषाढ १९, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१