सुर्खेत, असार ९ । कर्णाली प्रदेशमा हालसम्म एक हजार तीन सय सात जनामा कोभिड १९ कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार मात्र थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै कुल संक्रमितको संख्या १३०७ पुगेको सामाजिक विकास मन्त्रालयले स्वास्थ्य सेवा महाशाखाका प्रमुख डाक्टर लक्ष्मी नारायण तिवारीले जानकारी दिए ।

प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परिक्षणमा सुर्खेत पञ्चपुरी नगरपालिकाका १८ महिनाकी बालिका ४ जनामा कोरोना पुष्टि भएको छ । चिङ्गाड गाउँपालिकाका १ जना रहेका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा नारायण नगरपालिका दैलेखका १८ जना, नौमुले गाउँपालिकाका १ जना र कालिकोट राष्कोट नगरपालिकाका १ जनामा कोरोना भाइरस पुष्टि भएको प्रमुख तिवारीले बताए । मंगलबारसम्म कर्णालीमा संक्रमितको संख्या १३०७ जना पुगेको छ ।

सोमबारसम्म कर्णाली प्रदेशमा कोभिड–१९ संक्रमण निको भई डिस्चार्ज हुनेको संख्या ५६० पुगेको छ । कर्णालीमा संक्रमित पुष्टि मध्ये मृत्यु हुनेको संख्या ५ पुगेको छ । भारतबाट दिनप्रतिदिन कर्णालीमा आउने नागरिकको संख्या बढेसंगै संक्रमितको संख्या निरन्तर बढ्दै गएको छ ।


यसैबिच, कर्णालीमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । प्रदेश अस्पताल सुर्खेतमा उपचार गराइरहेका दैलेखको दुल्लु नगरपालिका ३ का ४५ वर्षीय पुरूषको सोमबार राति साढे ९ बजे मृत्यु भएको अस्पताल श्रोतले जनाएको छ।

असार ३ गते प्रदेश अस्पतालमा क्षयरोगको उपचारका लागि भर्ना भएका उनमा ४ गते कोरोना परीक्षण गरिएको र संक्रमण पुष्टि भएको प्रदेश अस्पतालका कोरोना फोकल पर्सन डाक्टर केएन पौडेलले जानकारी दिए ।

‘डाक्टर पौडेलका अनुसार उनको सुर्खेत मै अन्त्येष्टि गर्ने तयारी भएको छ। नेपाली सेनाको टोली अन्त्येष्टिका लागि तयारी अवस्थामा रहेको उनले बताए।

मृतकका श्रीमती उनीसँगै अस्पताल आएपनि उनलाई भने कोरोना नेगेटिभ देखिएको डाक्टर पौडेलले बताए ।

मृतककी श्रीमतीको स्वाब तीन पटक पिसीआर गर्दा पनि रिपोर्ट नेगेटिभ आएको बताए ।

योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट सुर्खेतका २ जना, दैलेखका २ जना र डोल्पाका १ जना गरि मृत्यु हुनेको संख्या ५ पुगेको छ भने नेपालभर मृत्यु हुनेको संख्या २४ पुगेको छ ।

मंगलबार, आषाढ ०९, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१