काठमाण्डौ, असार ४ । सामान्यतया दुःखको बेलामा काम लाग्छ भनेर सुनका गहना जोड्ने नेपाली परम्परा छ । तर तीन महिनादेखि लकडाउन झेलिरहेका नेपालीहरूले खर्च अभाव भयो भनेर अहिले सुन बिक्री गरेर घर खर्च चलाउन भने नपाउने भएका छन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले लकडाउनका कारण व्यवसायीहरू धरासायी भएकाकाले तत्काल ठूलो परिमाणमा फिर्ता सुन खरिद गर्न नसक्ने घोषणा गरेको छ ।

लकडाउनले धराशायी बनेको व्यवसायमा तलब, घरभाडा, बैङ्क किस्ताजस्तो दायित्व धान्न नसकेको र यही बेला राजस्व बढेको तथा नेपाली रुपैयाँ अवमूल्यन हुँदा नगद प्रवाहमा समस्या भएको महासंघले जनाएको छ ।

नाफा देखेर सुन बिक्री गर्न एकैपटक ग्राहक आए व्यवसायीले धान्न नसक्ने महासंघका महासचिव धर्म सुन्दर बज्राचार्यले बताए ।

‘सुन फिर्ता खरिद गर्दैनौँ भनेका होइनौं, हामी पनि समस्यामा छौं, फिर्ता गर्न ठूलो संख्यामा आए धान्न सकिँदैन,’ महासचिव बज्राचार्यले भने । कारोबार तीन महिनादेखि नभएको र सुन व्यवसाय देखाएर बैङ्कबाट ऋण नपाइने हुँदा व्यवसायी समस्यामा परेको उनले बताए ।

व्यवसायी किन डराए ?

कोरोना संक्रमण बढ्ने डरले सरकारले कडाइ थालेपछि सुनचाँदी व्यवसायी महासंघले चैत्र ८ गतेदेखि अनिश्चितकालका लागि सुनको कारोबार रोक्ने र भाउ नगर्ने निर्णय गरेको थियो । उक्त निर्णय भएको अघिल्लो दिन सुनको बजार भाउ छापावालको प्रतितोला ७५ हजार पाँच सय र तेजाबीको ७५ हजार दुई सय थियो ।

त्यसयता अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्य तथा सरकारी राजस्व वृद्धिले सुनको भाउ तोलामै १४ हजार रुपैयाँभन्दा बढीले वृद्धि भएको छ ।

चैत सात र बुधबारको सुनको बजार भाउ तुलना गर्दा छापावाल सुन तोलामै १४ हजार तीन यसले महँगो छ भने तेजावी सुन पनि १४ हजार १ सय ६५ रुपैयाँले महँगो छ । सुनको भाउ हालसम्मकै महँगो भएको बेला पहिले सस्तोमा सुन किनेकाले नाफाकै लागि बिक्री गर्न चाप बढ्न सक्ने डरमा व्यवसायी छन् ।

सुनको मुल्यमा पुनर्मूल्याकंन हुन सक्ने

सुनमा सरकारको नयाँ राजस्व नीतिपछि उपभोक्ताले फिर्ता बिक्री गर्न ल्याउने सुनको मूल्य पुनर्मूल्याङ्कन हुन सक्ने सुन चाँदी व्यवसायीहरूले जनाएका छन् ।

नयाँ सुन किनेर बिक्री गर्दा बैङ्कले बढेको भन्सार दर जोडेर व्यवसायीलाई बिक्री गर्ने तर व्यवसायीसँग भएको सुनमा बेच्दा सुनको भन्सार नजोडिएको हुने भएकाले भाउ पुनर्मूल्याङ्कन हुन सक्ने महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए ।

‘तत्कालका लागि व्यवसायी र उपभोक्ताको आपसी समझदारीमा कारोबार गर्न भनिएको छ तर खरिद बिक्रीको नयाँ अन्तर निर्धारण गर्छौं,’ उनले भने ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला………..
https://www.youtube.com/watch?v=zRAInoew2bs

बिहिबार, आषाढ ०४, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१