काठमाण्डौं । इन्डोनेसियामा पहिरो जाँदा दुई जनाको मृत्यु हुनुका साथै कम्तीमा २१ जना बेपत्ता भएको विपद् व्यवस्थापनका अधिकारीले शुक्रबार बताएका छन् । मध्य जाभाको सिलाकाप जिल्लाका तिनवटा गाउँमा बिहीबार गएको पहिरोले कयौँ घरहरू पुरिएको तथा र क्षति ग्रस्त भएको जनाइएको छ ।

शुक्रबार सम्म, संयुक्त उद्धार टोलीले २३ जनालाई जीवित उद्धार गरेको , दुई जनाको शव बरामद गरेको तथा अन्य २१ जना बेपत्ताको खोजी जारी रहेको छु, राष्ट्रिय विपद् एजेन्सीका प्रवक्ता अब्दुल मुहारीले विज्ञप्ति मार्फत भने बेपत्ता तथा पीडितहरूको खोजी गर्न निरन्तर रुपमा खोजी तथा उद्धार अभियान चलिरहेको मुहारीले बताएका छन् ।

कठिन भूभागका कारण उद्धार तथा राहत कार्यमा बाधा भएको उल्लेख गर्दै तत्काल सहयोग गर्न भारी उपकरण तैनाथ गरिएको उनले जनाएका छन् ।

यस हप्ताको सुरुमा मौसम विज्ञान, जलवायु विज्ञान र जियोफिजिक्स एजेन्सीले चरम मौसमी चेतावनी जारी गर्दै हाइड्रोमेटियोलोजिकल प्रकोप र इन्डोनेसियाका धेरै क्षेत्रहरूमा आउँदो हप्ताहरूमा उच्च वर्षा हुन सक्ने जनाइएको थियो । यस अघि नोभेम्बरमा पपुवा नामक क्षेत्रमा आकस्मिक बाढी र पहिरो आउँदा कम्तीमा १५ जनाको मृत्यु भएको थियो भने थप आठ जना बेपत्ता भएका थिए।

शुक्रबार, कार्तिक २९, २०८२मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१