काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुनको मूल्यमा भारी वृद्धि भएको छ । प्रति औंस ३४०० डलर नाघेको छ ।

मंगलबार कारोबारको प्रारम्भमा थप मूल्य बढेर ३४८० डलर हाराहारीमा पुगेको छ । गत साताको तुलनामा मूल्य करिब ५ प्रतिशत बढेको छ । मंगलबार नेपाली बजारमा मूल्य समायोजन हुँदा यसको प्रभाव पर्नेछ । सोमबार नेपाली बजारमा प्रतितोला १ लाख ९१ हजारमा सुनको कारोबार भएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केन्द्रीय बैंक (फेडरल रिजर्भ) लाई दिएको एक धम्कीका कारण सुनको मूल्यमा भारी वृद्धि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

ट्रम्पले शुक्रबार मात्रै केन्द्रीय बैंकलाई हस्तक्षेप गर्ने आशयले अभिव्यक्ति दिएका थिए । ‘धेरैले ब्याजदरमा कटौतीको माग गरिरहेका छन्’ ट्रम्पले ट्रुथ सोसियलमा भनेका छन् ‘अहिले ब्याजदर घटाउन नसकेमा अर्थतन्त्रमा मन्दी आउन सक्छ ।’ साथै उनले ब्याजदर तत्काल घटाइहाल्न फेडका अध्यक्ष जेरोम पावेललाई निर्देशनात्मक शैलीमा भनेका छन् ।

शुक्रबार, शनिबार र आइतबार अन्तर्राष्ट्रिय बजार बन्द रहेकाले त्यसको प्रभाव एकैपटक सोमबार मात्रै देखिएको हो । उनले ब्याजदर कटौती नगरेकोमा फेडका अध्यक्ष जेरोम पावेलको आलोचना गरेका छन् ।

यसले सुनको मूल्यमा भारी वृद्धि भएको छ भने अमेरिकी सेयर बजारमा भारी गिरावट आएको छ ।

मंगलबार, बैशाख ०९, २०८२मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक/सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्वाददाता : सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५, नविन पुरी ९८४८२७६७२८

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957