सुर्खेत, जेठ २३ । जाजरकोट जान रोकियो गृहमन्त्री राम बहादुर थापा वादलको आदेश भन्दै २ जना पत्रकारलाई जाजरकोट जान रोकिएको छ। ६ जनाको हत्या भएको सोती हत्याकाण्डको रिपोर्टीङमा जाँदै गरेका दुई जना पत्रकारलाई जाजरकोट पुग्नै नदिई सल्यानको सल्लीवजार रोकिएको हो।

राष्ट्रिय दलित पत्रकार संघ नेपाल कर्णाली प्रदेशको अध्यक्ष खगेन्द्र सुनार र पत्रकार महासंघ सुर्खेतका कोषाध्यक्ष टेकेन्द्र विकलाई गृहमन्त्रीको आदेश भन्दै सल्यान प्रहरीले स्थानिय सल्ली वजारमा रोकेको हो ।

सल्लीवजारबाट हाम्राकुरासँग फोनमा कुरा गर्दै सुनारले भने, ‘मास्क खोल्न लगाएर प्रहरीको मोवाइलमा रहेको फोटोसँग अनुहार म्याच गराई रोकियो। हामीसँग गृहमन्त्री र गृहप्रशासन किन यसरी डरायो आश्चर्यमा परेको छु ।

जाजरकोट जानु अघी कर्णाली प्रदेशका डीआइजी वसन्त पन्तले जानलाई कुनै रोकतोक नभएको बताएपछि त्यसतर्फ हिडेको भएपनि उनकै मातहतका प्रहरीले बाटोमा रोकेको जानकारी गराउँदा फोन अफ गरिएको उनले बताए ।

दुई जनालाई मात्र बिशेष कारण भन्दै रोकिए पनि ३ वटा सवारीमा साधनमा गएका अन्यलाई भने जान दिइएको उनले बताए । केहि मानवअधिकारवादी र पत्रकार त्यसतर्फ गएका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला……….

https://www.youtube.com/watch?v=vZO4D08-WmY&t=16s

शुक्रबार, जेठ २३, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक : निर्मला स्वर्णकार ९८४८१९६९५७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४