सुर्खेत । आगामी जेठमा कर्णाली प्रदेशमा हुन लागेको १० औं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक भएको छ । मंगलबार ललितपुरुस्थित अन्तराष्ट्रिय खेलकुद परिसरमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले लोगो र मस्कट सार्वजनिक गरेका हुन् ।

मस्कटमा रेड पाण्डा राखिएको छ भने लोगोमा सात रङ, चन्द्र र सुर्य अंकित छ । मन्त्री चौधरीले दशौं राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडी र प्रशिक्षकको अनलाइन दर्ता प्रणालीसमेत सार्वजनिक गरेका छन् ।


सार्वजनिक भएको अनलाइन प्रणालीमा खेलाडी र प्रशिक्षकले आफ्नो नाम दर्ता गराउन सक्ने जनाइएको छ । कर्णाली प्रदेशमा आगामी ३ जेठदेखि १० गतेसम्म खेलकुदको महाकुम्भ मानिने १० दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय गरिएको छ ।

२०८१ मंसिरमा गर्ने भनिएको प्रतियोगिता पूर्वाधार नपुगेको भन्दै चैतमा सारिएको थियो । पुनः तयारी नपुगेको भन्दै तेस्रो पटक प्रतियोगिता सरेर २०८२ जेठमा पुगेको हो ।

बुधबार, चैत्र ०५, २०८१मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक/सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्वाददाता : सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५, नविन पुरी ९८४८२७६७२८

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957