सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशलाई ‘मध्यपश्चिम प्रदेश’ भनेको विषयले मंगलबारको प्रदेश सभा बैठकमा प्रवेश पाएको छ ।

शुक्रबार कर्णाली प्रदेश सभालाई सम्बोधन गर्न आएका ओलीले मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा बोल्दा ‘मध्यपश्चिम प्रदेशका मुख्यमन्त्रीज्यू’ भनेर सम्बोधन गरेका थिए । त्यसपछि अकमकिएका उनलाई पत्रकारहरूले मध्यपश्चिम नभइ कर्णाली प्रदेश भनेर सम्झाएका थिए । प्रधानमन्त्रीजस्तो व्यक्तिले प्रदेशकै नाम थाह नभएको भन्दै उनको व्यापक आलोचना भइरहेको छ ।

मंगलबारको प्रदेश सभा बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका सांसद उर्मिला विश्वकर्माले उक्त विषयबारे प्रश्न उठाइन् । प्रधानमन्त्रीलाई नै प्रदेशको नाम थाह नहुनु दुखद पक्ष रहेको उनको भनाइ छ । प्रधानमन्त्री भइसकेपछि प्रदेशको नामै थाह नहुने र सुहाउँदो विषय भएन भन्दै उनले कर्णाली प्रदेशलाई मध्यपश्चिम प्रदेश तथा पश्चिम रुकुमलाई पूर्वी रुकुम भनेर सम्बोधन गर्न भ्याएको बताईन ।

प्रधानमन्त्रीलाई देशको अवस्था के छ र ? कहाँ के भइरहेको छ र ? त्यसको सामान्य ज्ञान हुन जरुरी रहेको विश्वकर्माको भनाइ छ । माओवादीले ओलीलाई संघीयता मन नपरेको आरोप लगाउँदै आएको छ । प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै ओलीले संघीयता कार्यान्वयनमा प्रतिबद्धता जनाउनेमा अपेक्षा भएपनि त्यस्तो विषयमा प्रवेश नै नगरेको बताइन् ।

बुधबार, फाल्गुण २८, २०८१मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक/सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्वाददाता : सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५, नविन पुरी ९८४८२७६७२८

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957