सुर्खेत । नेपाल पत्रकार महासंघ सुर्खेतले अक्षयकोषको बिस्तृत अध्ययन गर्ने भएको छ । अध्यक्ष सुशीलराज शर्माको अध्यक्षतामा बसेको दोस्रो पुर्ण बैठकले विभिन्न ६ वटा प्रस्ताव माथि छलफल गर्दै यस्तो निर्णय गरेको हो ।

नेपाल पत्रकार महासंघ सुर्खेतमा विभिन्न दाताहरुको सहयोगमा स्थापना गरिएका अक्षय कोषहरुको अध्ययन गरी आगामी दिनमा व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि नेपाल पत्रकार महासघ सुर्खेत शाखाका पूर्व अध्यक्ष, प्रेस स्वतन्त्रता सेनानी पीताम्बर ढकालको संयोजकत्वमा पारदर्शि र व्यवस्थित बनाउन उपाध्यक्ष सुशील खड्का, कोषाध्यक्ष दिपकजंग शाही, कार्यसमिति सदस्यहरु पंखबहादुर शाही र प्रभा रावत सदस्य रहेको पाँच सदस्यीय अधिकार सम्पन्न कार्यदल समेत गठन गरिएको छ ।

विभिन्न सहयोगी दाताहरुबाट करिव ८ वटा अक्षयकोष रहेको जानकारी दिंदैं अध्यक्ष शर्माले कोषबाट प्राप्त लाभांसबाट विभिन्न बिधामा पत्रकार पुरस्कृत गुर्नपर्ने भएकाले यसको सहि ब्यवस्थापन हुन जरुरी रहेको र अहिलेको नयाँ कार्य समितिले थिति बसाल्ने बताए ।

यो संगै महासंघको आगामी ३ वर्षे कार्ययोजना निर्माण गर्नका लागि सचिव गोविन्द खत्रीको संयोजकत्वमा सहसचिवद्वय नविन सुवेदी र जगतदल जनाला विक, सदस्यहरु मनिषा गुरुङ्ग र दिनेश बुढा रहेको मस्यौदा समिति गठन गरिएको छ ।

यस्तै, कार्यालय नियमित रूपमा सञ्चालन गर्नका लागि एकजना कार्यालय सहायक नियुक्त गर्ने, नवनिर्वाचित समितिलाई नेतृत्व विकास सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने, पुस्तकालय (ईलाइब्रेरी समेत) स्थापना गर्ने र नेपाल पत्रकार महासंघ एक अग्रणी नागरिक समाज संस्था भएको हैसियतले नागरिकसँग प्रत्यक्ष जोडिएका सुर्खेत जिल्लाका सार्वजनिक सरोकारका विषयमा सार्वजनिक बहस पैरवी गर्ने निर्णय गरेको छ ।

निर्णयकाे प्रति यहाँ उपलब्ध छ । 

बुधबार, पौष १०, २०८१मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१