ज्वाला अपडेट

९ महिना अगाडि

सुर्खेत । वाङ्मय चौतारी नेपालको आयोजनामा हुँदै आएको प्रत्यक्ष कथावाचनको तेस्रो श्रृङ्खला नेपाल राष्ट्रिय चन्द्रगंगा माध्यमिक विद्यालय गाग्रेतालमा सम्पन्न भएको छ ।

वाङ्मय चौतारीका अध्यक्ष समेत रहेका साहित्यकार गणेशभक्त गौतम, कथाकार उमालाल आचार्य, मीनराज पन्त, गणेश बस्नेत र नारायण विक्रम जिसी तथा मणीकुमार पोखरेलले कथावाचन गरेका थिए । विद्यालयका कक्षा ९ देखि १२ सम्मका छानिएका विद्यार्थीहरुलाई समेटेर सहभागी गराईएको थियो ।


कार्यक्रममा कथावाचन पश्चात बोल्दै विद्यालयका प्रधानध्यापक नेत्रमणी चालिसेले साहित्यकारहरुले विद्यार्थीहरुलाई उत्प्रेरणा हुने ढंगबाट कार्यक्रमको आयोजना गरेकोमा खुसी व्यक्त गरे । कार्यक्रममा शिक्षक नवराज खड्काले स्वागत गरेका थिए भने विद्यालय व्यवस्थापन समितिका सदस्य हरिलाल कँडेलको प्रमुख आतिथ्यता तथा गणेशभक्त गौतमको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

कार्यक्रमको सहजिकरण खगेन्द्र अधिकारी अमृतले गरेका थिए । कार्यक्रममा कोमल शाही, विन्दु हमाल, कल्पना धमला, जयन्ता गिरी, जयप्रसाद आचार्य लगायतको उपस्थिति रहेको थियो ।

शनिबार, पौष ०६, २०८१मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक : निर्मला स्वर्णकार ९८४८१९६९५७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४