काेमल शाही

१० महिना अगाडि

सुर्खेत । नेल्टा कर्णालीको शिक्षक तालिम सम्पन्न भएको छ । अमेरिकन कर्नर सुर्खेतको सहयोगमा आधारभूत तहका शिक्षकहरूको लागि दुईदिने तालिम सम्पन्न गरेको छ २०८१ मंसिर २९ र ३० गते सम्पन्न तालिममा कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट सहभागी २० जना अंग्रेजी शिक्षकहरूले शिक्षण विधि र प्रविधि सम्बन्धी ज्ञान हासिल गरेका छन् ।

कार्यक्रमका मुख्य अतिथि सुर्खेत वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले शिक्षामा सुधारका लागि यस्ता तालिमहरूको महत्त्व उल्लेख गर्दै नेपालको शिक्षा क्षेत्रमा अमेरिकन कर्नर र नेल्टाबीच सहकार्यको आवश्यकतामा जोड दिएका छन् । उनले तालिमले सिकाइएको ज्ञान कक्षाकोठासम्म पुग्नुपर्ने सदीक्षा समेत व्यक्त गरे ।

नेल्टा कर्णालीका अध्यक्ष धनिराम शर्माले अध्यक्षता गरेको कार्यक्रमको सञ्चालन तालिम संयोजक नवराज पौडेलले गरेका थिए । कार्यक्रममा नेल्टा कर्णालीका सल्लाहकारहरू खगेन्द्र थापा र बासुदेव कार्कीको समेत सक्रिय उपस्थिति रहेको थियो ।

तालिमले शिक्षकहरूलाई आधुनिक प्रविधिको प्रयोग, शिक्षणको नवीनतम विधि, र विद्यार्थीकेन्द्रित कक्षाको वातावरण निर्माणमा सघाउ पुर्याउने अपेक्षा गरिएको छ । आयोजकका अनुसार, यस्ता तालिमहरूलाई भविष्यमा अझ विस्तारित र प्रभावकारी बनाउने योजना रहेको छ ।

शनिबार, मंसिर ०१, २०८१मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक : निर्मला स्वर्णकार ९८४८१९६९५७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४