सुर्खेत । पश्चिम रुकुमको चौरजहारी ४, सोतीमा भएको घटनाको सुर्खेतमा विरोध भएको छ । सोमबार बिहान दलित अधिकारवादी संघसंस्थाको संयोजनमा निस्किएको जुलुसले वीरेन्द्रनगर बजार परिक्रमा गर्दै दोषिमाथि कडा कारबाहीको माग गरेको छ ।

जुलुसपछि आयोजित कोणसभा बोल्ने वक्ताहरुले जातीय अहंकार र भेदभावकै कारण उक्त घटना भएको बताउँदै राज्यले निष्पक्ष रुपमा अनुसन्धान गर्नुपर्ने बताए ।

दलित अधिकारकर्मी तथा पत्रकार खगेन्द्र सुनारले जातभातकै आधारमा प्रेममा बन्देज लगाउनुका साथै अन्ततः हत्या गरिएको बताए । प्रेम र समानताको लागि रुकुम घटना कालो दिन बनेको छ,’ उनले भने, दलितमाथिको यो जघन्य अन्याय कहिलेसम्म भइरहने हो ?’

गत जेठ १० गते भएको सोती घटनामा गाउँलेको कुटाइबाट ५ जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता छन् । प्रहरीले घटनामा संलग्न भएको आरोपमा १८ जनालाई पक्राउ गरेको छ । किटानी जाहेरीमा नाम उल्लेखित दुईजना फरार रहेका प्रहरीले जनाएको छ । लकडाउनका बाबजुद रुकुम घटनाको विरोधमा देशभर विरोध प्रदर्शन भइरहेको छ ।

सोमबार, जेठ १९, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१