सुर्खेत । पश्चिम रुकुमको चौरजहारी ४, सोतीमा भएको घटनाको सुर्खेतमा विरोध भएको छ । सोमबार बिहान दलित अधिकारवादी संघसंस्थाको संयोजनमा निस्किएको जुलुसले वीरेन्द्रनगर बजार परिक्रमा गर्दै दोषिमाथि कडा कारबाहीको माग गरेको छ ।

जुलुसपछि आयोजित कोणसभा बोल्ने वक्ताहरुले जातीय अहंकार र भेदभावकै कारण उक्त घटना भएको बताउँदै राज्यले निष्पक्ष रुपमा अनुसन्धान गर्नुपर्ने बताए ।

दलित अधिकारकर्मी तथा पत्रकार खगेन्द्र सुनारले जातभातकै आधारमा प्रेममा बन्देज लगाउनुका साथै अन्ततः हत्या गरिएको बताए । प्रेम र समानताको लागि रुकुम घटना कालो दिन बनेको छ,’ उनले भने, दलितमाथिको यो जघन्य अन्याय कहिलेसम्म भइरहने हो ?’

गत जेठ १० गते भएको सोती घटनामा गाउँलेको कुटाइबाट ५ जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता छन् । प्रहरीले घटनामा संलग्न भएको आरोपमा १८ जनालाई पक्राउ गरेको छ । किटानी जाहेरीमा नाम उल्लेखित दुईजना फरार रहेका प्रहरीले जनाएको छ । लकडाउनका बाबजुद रुकुम घटनाको विरोधमा देशभर विरोध प्रदर्शन भइरहेको छ ।

सोमबार, जेठ १९, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक : निर्मला स्वर्णकार ९८४८१९६९५७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४