काठमाण्डौं । दक्षिणी चीनको जिगोङ शहरमा एक डिपार्टमेन्टल स्टोरमा भएको आगलागीमा १६ जनाको मृत्यु भएको छ ।

सिचुवान प्रान्तको उक्त शहरमा १४ तले भवनमा रहेको शपिङ मलमा भएको आगलागीमा अरु कैयौँ मानिस घाइते भएका छन् । आगलागीमा परेका झण्डै ३० जनालाई उद्धार गरी अस्पताल भर्ना गरिएको छ ।

आगलागीपछि प्रान्तीय अधिकारीले आगलागीको कारण पत्ता लगाउने र भविष्यमा हुन सक्ने यस्ता दुर्घटना रोकथामका लागि आवश्यक काम भइरहेको बताएका छन् । चीनमा आगलागीबाट मानवीय क्षतिका घटना धेरै हुने गरेका छन् । गत जनवरीमा दक्षिण–पूर्वी चीनको एक घरमा भएको आगलागीमा ३९ जनाको मृत्यु भएको थियो ।

यसैबीच थाइल्याण्डको राजधानी बैंककस्थित एक होटेलमा मृत भेटिएका ६ जनाको शरीरमा विषाक्त रासायन साइनाइड फेला परेको छ । बैंककमा रहेको लक्जरी पाँचतारे होटेलमा एक कोठामा ६ जना विदेशी नागरिक शंकास्पद अवस्थामा मृत फेला परेका थिए ।

उनीहरूको रगत जाँच गर्दा ‘साइनाइड’ भेटिएको बीबीसीले जनाएको छ । ज्यान गुमाउनेमा भियतनामी मुलका दुई अमेरिकी नागरिक र अन्य भियतनामी नागरिक छन् । घटनापछि प्रहरीले होटेल सिल गरेको छ ।

बिहिबार, साउन ०३, २०८१मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक : निर्मला स्वर्णकार ९८४८१९६९५७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४