अछाम । अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका २ मा एक किशोरी बलात्कृत भएकी छन् । आफनै मामा नाता पर्नेबाट बलात्कृत भई १२ घण्टासम्म बेहोस भएकी किशोरीको नेपाल प्रहरी र स्थानियको सहयोगमा उद्धार गरी जिल्ला अस्पताल पु¥याएको उपचारका पछि ३ घण्टामा होस आएको अस्पताल श्रोतले जनाएको छ ।

मामाघरमा बसेर पढिरहेकी १६ वर्षीया किशोरी सोमबार मध्यराति मामा नाता पर्नेबाट बलात्कृत भएकी हुन । बलात्कारमा संलग्न १७ बर्षिय मामा पर्ने युवालाई पक्राउ गरिएको अछामका प्रहरी प्रमुख डीएसपी सन्तोष पाठकले बताएका छन । स्थानीयवासीहरुले छारे रोगले बेहोस भएको हुन सक्ने भन्दै उद्धार कार्य ढिलो गरेका थिए ।

होसमा आएकी किशोरीले आफू राति २ बजे पिसाब फेर्न छाउगोठ बाहिर निस्केका बेला बलात्कार गरेको बताएपछि घटनाको रहस्य वाहिर आएको हो ।

पीडित किशोरीलाई मंगलबार दिउँसो करिब साढे १२ बजेतिर बेहोस अवस्थामा जिल्ला अस्पताल पु¥याइएको थियो । जिल्ला अस्पताल अछामकी सूचना अधिकारी गंगा बुढा मगरले अस्पताल ल्याएको ३ घण्टापछि मात्रै पीडितलाई होस आएको बताएकी छिन्। अहिले प्रहरीले छाउगोठ समेत भत्काएको छ ।

सामाजिक रुपमा अन्धविश्वासको रुपमा रहेको छाउप्रथाका कारणले धेरै महिलाहरु महिनावारी भएको बेला वाहिर वस्ने चलनले बलात्कृत हुने मात्र होइन अकालमा ज्यान समेत गुमाउने गरेका छन ।

बुधबार, आषाढ ०६, २०८१मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१