काठमाण्डौ । कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान भएको छ । प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (५) अनुसार नै भोलि बेलुका ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन् ।

मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभामा विश्वासको मत नलिएकाले उनि पदमुक्त भएको निष्कर्ष निकाल्दै प्रदेश प्रमुख खापुङले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन् ।

यसअघि हिजो एमाले र माओवादीले नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन माग गर्दै प्रदेश प्रमुख खापुङलाई ध्यानाकर्षण पत्र बुझाएका थिए । कांग्रेस नेता केदार कार्की गएको असोज २९ मा संविधानको धारा १६८ को उपधारा ५ अनुसार नै मुख्यमन्त्री नियुक्त भएका थिए ।

गएको चैत २६ मा सरकारबाट एमाले – माओवादी बाहिरिएपछि मुख्यमन्त्री कार्की अल्पमतमा थिए । उनले विश्वासको मत पनि नलिने र राजीनामा पनि नदिने अडानका कारण एमाले– माओवादीले पेस गरेको सङ्कल्प प्रस्ताव वैशाख ७ को संसद् वैठकले पारित गरेको थियो ।

मुख्यमन्त्री कार्की पदमुक्त हुने वा नहुने विषयमा सत्तारुढ र प्रतिपक्षबीच विवाद रहेका बेला प्रदेश प्रमुख खापुङले साझेदार दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत नलिएकाले सरकार रिक्तताको अवस्था देखाउँदै नयाँ सरकार गठनको आह्वान गरेका छन् ।

बिहिबार, बैशाख २७, २०८१मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक : निर्मला स्वर्णकार ९८४८१९६९५७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४