प्रचण्डको निर्देशनविरुद्ध विश्वासको मत लिँदै मुख्यमन्त्री शर्मा

कर्णाली एमालेको भागमा परेपछि माओवादीमा तरंग

ज्वाला अपडेट

१ वर्ष अगाडि

सुर्खेत । गठबन्धनका नेताहरुबीच कर्णाली प्रदेश सरकारको नेतृत्व एमालेले लिने सहमति भएपछि कर्णालीमा तरङ्ग पैदा भएको छ ।

केन्द्रमा भएको नेकपा एमाले र नेकपा माओबादी केन्द्रको गठबन्धनको निर्देशन अनुसार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशन विपरित कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा अघि बढेका छन् ।

प्रचण्डले मंगलबार बेलुका कर्णाली सरकारको नेतृत्व एमालेलाई छोडेर आवश्यक सहयोग गर्न माओवादी प्रदेश इन्चार्ज कालीबहादुर मल्ल र मुख्यमन्त्री शर्मालाई निर्देशन दिएका थिए ।

तर मुख्यमन्त्री शर्माले केन्द्रको निर्णय ढिला आएको र संवैधानिक प्रक्रिया अनुसार अगाडि बढिसकेकाले निर्णय कार्यान्वयन गर्न नसकिने जवाफ दिएको सरकारका प्रवक्ता, एवम् कानुन मन्त्री कृष्णबहादुर जिसीले बताए ।

केन्द्रीय निर्णय अनुसार राजीनामा दिनुपर्ने मुख्यमन्त्री शर्माले राजीनामा नदिएर प्रदेश सभाको कार्यसूची अनुसार नै आज विश्वासको मत लिने मन्त्री जिसीको दाबी गरे ।

मंगलबार, चैत्र २०, २०८०मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक : निर्मला स्वर्णकार ९८४८१९६९५७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४