ज्वाला अपडेट

२ वर्ष अगाडि

दैलेख । व्यापार तथा पर्यटन प्रवर्धनको उद्देश्यसहित उद्योग वाणिज्य संघ दैलेखले कर्णाली प्रदेश औद्योगिक, पर्यटन कृषि तथा व्यापार मेला गर्ने भएको छ ।
संघले यही माघ २६ गतेदेखि फागुन ६ गतेसम्म सदरमुकाम दैलेख बजारमा व्यापार मेला गर्न लागेको हो ।

संघले नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गरी जिल्ला तथा समग्र कर्णाली प्रदेशको पर्यटन तथा व्यापार प्रवर्धनको उद्देश्यसहित व्यापार मेला आयोजना गर्न लागेको जानकारी दिएको छ । ३०० भन्दा बढी व्यापारिक स्टल रहने मेलामा कृषि उत्पादन, बिउबिजन तथा मलखाद, घरेलु उद्योगबाट उत्पादित छालाजन्य वस्तु, गार्मेन्ट, गलैँचासहित सूचनाप्रविधिसम्मका स्टल र प्रदर्शनीस्थल रहने उद्योग वाणिज्य संघ दैलेखका अध्यक्ष कुलबहादुर विश्वकर्माले जानकारी दिए ।

महोत्सवका रूपमा गर्न लागिएको कर्णाली प्रदेश औद्योगिक, पर्यटन कृषि तथा व्यापार मेलामा शिरस्थान ज्वाला लगायतका धार्मिक तथा पर्यटकीय स्थलको अवलोकन भ्रमण, स्थानीय लोक तथा संस्कृतिलगायत मनोरञ्जनात्मक कार्यक्रमसमेत गर्ने अध्यक्ष विश्वकर्माले बताए ।

१० दिनसम्म चल्ने व्यापार मेला एक लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र २ करोड रुपैयाँभन्दा माथिको कारोबार हुने अनुमान संघले गरेको छ । मेलामा जिल्लाका सबैजसो स्थानीय तहसमेतको संलग्नता रहने अध्यक्ष विश्वकर्माले जानकारी दिए। दैलेख धार्मिक पर्यटकीयस्थलसमेत रहेकाले महोत्सवमा विभिन्न जिल्लाबाट ठूलो संख्यामा मानिस आउने आयोजकको दाबी छ ।

नेपाली भाषाको सबैभन्दा पुरानो शिलालेखसमेत रहेको र विभिन्न जातजातिको उद्गमस्थलका रूपमा परिचित यो जिल्लामा मेलाको अवसरमा घुम्न जानेका लागि विभिन्न प्याकेजमा अवलोकन भ्रमणको व्यवस्था पनि मिलाएको जनाइएको छ ।

बिहिबार, माघ ०४, २०८०मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक/सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्वाददाता : सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५, नविन पुरी ९८४८२७६७२८

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957