सुर्खेत, जेठ १४ । रुकुम पश्चिम चौरजहारी घटनाका दोषीलाई मृत्यू दण्डको सजाए दिनुपर्ने माग उठेको छ । वर्गीय मुक्तिका लागि लडिएको जनयुद्धको केन्द्र र जातीय छुवाछुत मुक्त जिल्ला घोषणा भएको जिल्लामा यस्तो दु :खद घटना हुनुले नेपालको शीर अन्तराष्ट्रिय जगतमा निहुरिएको भन्दै नेकपा सुर्खेतका जिल्ला कमिटी सदस्य जनक बहादुर सनारले कानुनै बनाएर भएपनि मृत्यू दण्ड को सजाय हुनुपर्ने माग गरेका हुन् ।


मृत्यू हुनेहरुलाई साँस्कृतिक क्रान्तीका सहिद घोषणा गरी घाईतेहरुको उपचार सरकारले नै गर्नुपर्ने माग सुनारको छ । यहि जेठ १० गते जाजरकोट जिल्लाबाट रुकुम पश्चिम चौरजहारी नगरपालीका ८ सोतीका बीर बहादुर मल्ल र प्रकाशी मल्लकी छोरी सुश्मा मल्लसंग जाजरकोट जिल्ला भेरी नगरपालिका ४ का नवराज बि. कको ३ बर्षको प्रेम सम्बन्धलाई बिवाहमा परिणत गर्न गएका वि.क सहित १९ जनाको टोलीमाथी भएको स्थानियहरुको आक्रमणबाट नवराज वि.क लगायत ३ जनाको हत्या पछि भेरी नदीमा फालिएको थियो । आक्रमण पछि भाग्ने क्रममा भेरीमा हाम फालेको बताईएपनि नवराजको टाउकोमा घाउ र शरिरमा भएको निलडामले उनको हत्या नै भएको पुष्टि हुन्छ । ५ जना पौडी खेलेर बाँच्न सफल भएकाहरुले बताए अनुसार पनि नवराजको हत्या गरेर भेरीमा फालिएको हो ।

भेरीमा हामफाल्ने मध्ये अझै ३ जना बेपत्ता छन् । यस नरसंहारपूर्ण अत्यन्तै अमानवीय र बर्बरतापूर्ण मानवता विरोधी यस हत्याकाण्डको घोर निन्दा तथा भत्र्सना गर्दै देशैभरका दलितहरु एकजुट भई दबावपुर्ण आन्दोलन गर्न पनि पछि हट्न नहुने सुनारले बताए ।

यो पनि हेर्नुहोला…………..
https://www.youtube.com/watch?v=cnEXCWWSGGg

बुधबार, जेठ १४, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक : निर्मला स्वर्णकार ९८४८१९६९५७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४