सुर्खेत २१, जेठ ।
शिक्षा क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल काठमाडौं वल्ड स्कुलले नेपाल टुर कार्यक्रम कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा गर्ने भएको छ । जेठ २७ गते शनिबारका दिन वीरेन्द्रनगरको सिद्धार्थ होटलमा स्कुलले अभिभावक, विद्यार्थी, शिक्षाप्रेमी, शिक्षक, उद्योगी, व्यवसायी तथा सञ्चारकर्मीहरुको सहभागितामा उक्त शैक्षिक कार्यक्रम गर्न लागिएको हो ।
अबको शिक्षा कस्तो हुनुपर्छ ? भन्ने विषयमा सो कार्यक्रम आयोजना गर्न लागिएको हो । सो कार्यक्रममा स्कुलका चियरमेन डाक्टर इ. मिथिलेश कुमार झा तथा प्रिन्सिपल केशरबहादुर खुलाल लगायतका व्यक्तिहरुको उपस्थिति रहनेछ । कार्यक्रममा शिक्षाको विषयमा उहाँहरुलको प्रशिक्षात्मक प्रस्तुती राख्ने कार्यक्रम समेत छ ।
काठमाडौंको विशिष्ट स्कुलका रुपमा स्थापित काठमाडौं वल्ड स्कुलले पछिल्ला दिनहरुमा बहुउपयोगी शिक्षाका लागि काठमाडौं बाहिर जानुपर्ने बाध्यतालाई धेरै हदसम्म हटाउन सफल भएको स्कुलले जनाएको छ । जेठ २७ गते हुने सो कार्यक्रममा सहभागि भएर शिक्षा क्षेत्रको विकासको बारेमा लाभ लिनका लागि स्कुलले सबैमा अनुरोध गरेको छ ।
छोटो समयमा नै आफ्नो छुट्टै पहिचान बनाउन सफल यस स्कुलले आधुनिक, वैज्ञानिक र प्रविधियुक्त शिक्षण पद्धति अपनाइरहेको छ । स्कुलले तल्लो तहको कक्षादेखि माथिल्लो तहसम्म गुणस्तरीय शिक्षाको ग्यारेन्टी गरेको छ । स्कुलको पूर्वाधार र सुविधाहरूसमेत अत्याधुनिक र सुविधा सम्पन्न छन् । कक्षाकोठा भित्रको सिकाइ मात्र पर्याप्त नहुने र अन्य व्यक्तित्व विकास, क्षमता विकास र प्रयोगात्मक अभ्यासलाई समेत अघि बढाउनुपर्नेमा वल्ड स्कुलले जोड दिँदै आएको स्कुलका चियरम्यान डाक्टर ई. झाले बताउनु भयो ।
स्कुले जेठ २६ गते दाङ र जेठ २८ गते सुदूरपश्चिमको धनगढी र महेन्द्रनगरमा कार्यक्रम संचालन गर्ने जनाएको छ ।

सोमबार, जेठ २२, २०८०मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक : निर्मला स्वर्णकार ९८४८१९६९५७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४