काठमाण्डाैं । दार्जिलिङको प्रशासनिक निकाय गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन (जिटिए) चुनावलाई लक्षित गरी शुक्रबार बिहानैदेखि नेपाल–भारत सीमा नाका सिल गरिएको छ ।

आइतबार हुने चुनावमा हुन सक्ने अवाञ्छित गतिविधि रोक्न भारतले गरेको पत्राचारपछि पश्चिम बंगालसँग सीमा जोडिएका झापाको काँकडभिट्टा, भद्रपुर तथा इलामको पशुपति नगर नाका ७२ घण्टाका लागि सिल गरिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी ज्ञानकुमार महतोले जनाए । नाका ठप्प हुँदा वर्षामा सर्वसाधारणले सास्ती व्यहोर्नु परेको गुनासो गरेका छन् ।

विशेषगरी बिरामी, असहाय र अशक्तहरूलाई नाका वारपारमा समस्या भएको छ । दार्जिलिङसहित मिरिक, खरसाङ र सिलिगुडी क्षेत्रमा जिटिए चुनाव हुँदैछ । जिटिएको संवैधानिक अस्तित्वमाथि प्रश्न गर्दै चुनाव खारेजीको विरोधमा केही समयअघि कोलकातास्थित उच्च न्यायालयमा रिट परेको थियो। न्यायालयले शुक्रबार चुनावको पक्षमा फैसला गरेपछि चुनाव हुने निश्चित भएको हो ।

स्रोत : सेतोपाटी

शुक्रबार, आषाढ १०, २०७९मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१