आजबाट पुनः मतदाता नामावली संकलन

आफू बसे कै ठाउबाट पनि लिन सकिने

ज्वाला अपडेट

४ वर्ष अगाडि

काठमाण्डाै । निर्वाचन आयोगले आजबाट पुनः मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य सुरु गर्ने भएको छ । सबै निर्वाचन कार्यालयहरू र सवै जिल्ला प्रशासन कार्यालय एवं ७३ वटा इलाका प्रशासन कार्यालयबाट आज असार १ गते देखि मतदाता नामावली सङ्कलन सुरु भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

 

पेशा, व्यवसाय वा अन्य कुनै कारणले कुनै एक जिल्लामा बसोवास गरिरहेको नागरिकले निजको स्थायी ठेगानामा रहने गरी हाल अस्थायी बसोबास गरिरहेको जिल्लाकै निर्वाचन कार्यालय गई मतदाता नामावली दर्ता गर्न सक्ने उनले बताए ।

मतदाता नामावलीमा रहेको आफ्नो नाम, ठेगाना, जन्म मिति, लगायतका विवरण सच्याउनलाई प्रमाणसहित निवेदन दिएमा नाम दर्ता अधिकारी (निर्वाचन अधिकारी) ले आवश्यक निर्णय गरी त्रुटि सच्याउने समेत उनले जनाए ।

प्रवक्ता पौडेलका अनुसार कुनै मतदाताले विवाह वा बसाई सरेको कारण मतदाता नामावलीमा रहेको आफ्नो ठेगाना परिवर्तन गर्न चाहेमा साविकमा नाम दर्ता भएको जिल्ला वा नाम सार्न चाहेको जिल्लाको निर्वाचन कार्यालयमा निवेदन दिन सक्नेछ ।

कुनै मतदाताले आफ्नो नाम रहेको मतदान स्थलबाट पायक पर्ने सोही वडाको अर्को मतदान स्थलमा नाम सार्न निवेदन दिएमा सोही बमोजिम स्थानान्तरण गरिदिने पनि उनले जानकारी दिए ।

बुधबार, आषाढ ०१, २०७९मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१