ज्वाला अपडेट

३ वर्ष अगाडि

काठमाण्डाै । इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) ले जुनसुकै समयमा सेवा अवरुद्ध हुनसक्ने चेतावनी दिएको छ । निजी तवरका इन्टरनेट वितरण केन्द्रहरुमा बिजुली काटिने क्रम बढेको भन्दै आईस्पानले यस्तो चेतावनी दिएको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकलाई कक्षा १२ को परीक्षाभर देशभर इन्टरनेट सेवामा अवरोध नहुने गरी व्यवस्थापन गर्न निर्देशन दिएको थियो । राष्ट्रिय परीक्षा बोर्डको आग्रहमा प्राधिकरणले यस्तो निर्देशन दिएपछि आईस्पानले चेतावनीयुक्त विज्ञप्ति जारी गरेको हो ।

आईस्पानले यस्तो निर्देशन कार्यान्वयन गर्न समर्थ नरहेको जवाफ दिएको छ ।

विद्युत् प्राधिकरणले सरकारको सहभाथिगतमा भएको अध्ययन प्रतिवेदन कार्यान्वयन नगरी पोलको भाडा बढाएको भन्दै सेाव प्रदाकयले आपत्ति जनाएका छन् ।

बढेको पोल भाडा तिर्ने गरी पोलभाडा सम्झौता नगरेको भन्दै प्राधिरकणले विद्युत आपूर्तिमै अवरोध पुर्‍याएको आईस्पानको आरोप छ । इन्टरनेट सेवा प्रदायकले पोल भाडा नबुझाएपछि प्राधिरकणले पटक-पटक लाइन कटौती गर्ने चेतावनी दिँदै आएको छ ।

इन्टरनेट वितरण केन्द्रहरुमा बिजुली काटिने क्रम बढेकाले नियामक निकायको निर्देशन पालना गर्न असमर्थ रहेको आईस्पानको भनाइ छ ।

इन्टरनेट सेवा अवरुद्ध हुनबाट रोक्न नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालय लगायत सम्बन्धित नेपाल सरकारका निकायहरुलाई आईस्पानले अनुरोध गरेको छ ।

बुधबार, जेठ १८, २०७९मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४