सुर्खेत । जाजरकोट जिल्ला समन्वय समिति जाजरकोटका उप प्रमुख ज्ञानीप्रसाद आचार्य लगायतका १० जना नेताले नेपाली काँग्रेस पार्टी परित्याग गरेर नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । वीरेन्द्रनगरमा आयोजित प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उनीहरुलाई स्वागत गरेका हुन् ।

माओवादीमा प्रवेश गर्नेमा आचार्य, हिराप्रसाद आचार्य, नैने कामी, हर्कबहादुर विक, लिले वर, भाने वर, बलबहादुर विक, खिमबहादुर नेपाली, मोहन विक, रामकुमारी कामी लगायतको टीम रहेको नेकपा माओवादी केन्द्र जाजरकोटले जनाएको छ ।

नेपाली काँग्रेस पार्टी परित्याग गरेर नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका जिल्ला समन्वय समितिका उप–प्रमुख आचार्य झण्डै ३१ वर्षभन्दा लामो समय नेपाली काँग्रेस पार्टीमा रहेर सक्रिय राजनीति गरेका नेता हुन् । निष्ठा र समर्पणको राजनीति गर्दै आएका नेता आचार्य नेपाली काँग्रेस भेरी नगर कार्यसमितिका पूर्व सभापति हुन् ।

पूर्व जिल्ला कार्यसमिति कोषाध्यक्षको जिम्मेवारीमा रहेर पार्टीको महत्वपूर्ण भूमिका निर्वाह गरेका आचार्य नेपाल रेडक्रस सोसाइटी जाजरकोट शाखाको पूर्व–उपसभापति पनि हुन् । नेपाली काँग्रेस, जाजरकोटको पार्टी निर्माणमा आचार्यको महत्वपूर्ण भूमिका रहेको मानिन्छ ।

त्यसैगरी भेरी नगरपालिका ११ का नैने कामी नेपाली काँग्रेसको पूर्व जिल्ला कार्यसमिति सदस्य हुन् भने आचार्य नगर कार्यसमिति सदस्य हुन् । नेपाली काँग्रेस वडा कार्यसमिति सचिव समेत रहेका हर्कबहादुर विक शंकर माध्यमिक विद्यालय जगतिपुरका व्यवस्थापन समितिका अध्यक्ष पनि हुन् । लिले वर नेपाली काँग्रेस वडा कार्यसमितिको पूर्व उपसभापति हुन् भने, भाने वर पूर्व वडाअध्यक्ष हुन् ।

बलबहादुर विक वडा कार्यसमिति सदस्य हुन भने, खिमबहादुर नेपाली तरुण दलको वडा समिति सदस्य हुन । मोहन विक, रामकुमारी कामी क्रियाशील पार्टी सदस्य मात्र भएता पनि बलियो जनाधार भएका नेतामा गनिन्छन् । हाल टुटफुटको अवस्थामा नपुगेता पनि नेपाली काँग्रेस गुटको राजनीतिबाट माथि उठ्न नसकेको जिल्ला समन्वय उपप्रमुख आचार्यले बताए ।

लामो समयसम्म देशमा एकलौटी राज गरेको काँग्रेस पार्टीसँग स्पष्ट भिजन र मार्गदिशा नभएको हुँदा देशले बेला–बेलामा ठुला–ठुला पीडाहरु भोग्नुपर्ने अवस्था आएको आचार्यको भनाई थियो ।

शुक्रबार, फाल्गुण २७, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक/सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्वाददाता : सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५, नविन पुरी ९८४८२७६७२८

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957