सुर्खेत । नेपाल खेलकुद महासंघ कर्णालि प्रदेश कमिटीको अध्यक्षमा सुरज थापा चयन भएका छन् । बुधबार वीरेन्द्रनगरमा सम्पन्न महासंघको पहिलो अधिवेशनले थापाकोे अध्यक्षतामा ४९ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत चयन गरेको हो ।
यस अघि तदर्थ कमिटीमा संयोजक रहेका थापाको अध्यक्षता रहेको कमिटीको उपाध्यक्षमा डम्मरबहादुर शाहि र भिम कुमारी भुसाल निर्वाचित भएका छन् ।
त्यस्तै पंखबहादुर मल्ल सचिव, प्रकाश बस्नेत र पदम रावत उपसचिव, रबिन्द्र शाहि कोषाध्यक्षमा निर्वाचित भएका छन् ।
निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई महासंघका केन्द्रीय कमिटीका संयोजक कृष्ण बस्नेत (पर्शुराम) ले सपथग्रहण गराएका छन् ।
नव निर्वाचित अध्यष्क्ष थापाले राष्ट्रको पहिचान, सम्मान र गरिमा अभिवृद्धि गर्न पनि खेलकुदको विकास अपरिहार्य रहेको बताए । खेलकुदमार्फत नागरिकको शारीरिक र मानसिक स्वास्थ्य, सामूहिक भावनाको विकास र अनुशासित तथा मर्यादित जीवनयापनमा सघाउ पुग्नेमा बिश्वस्त रहेको बताएका छन् ।

बुधबार, फाल्गुण १८, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक : निर्मला स्वर्णकार ९८४८१९६९५७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४