सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रवक्तामा सीता नेपालीलाई जिम्मेवारी दिएको छ । आर्थिक मामिला, कानून, युवा तथा खेलकुद मन्त्रालयका मन्त्री समेत रहेकी नेपालीलाई प्रदेश सरकारले प्रवक्ताको जिम्मेवारी दिएको हो । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकले यसअघि प्रवक्ताको जिम्मेवारी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई दिएको थियो ।

यसैविच, कर्णाली प्रदेश सरकार विपद् नियन्त्रण तथा प्रतिकार्यको पूर्वतयारीमा जुटेको छ । मनसुन सक्रियभएसँगै हुन सक्ने सम्भावित घटनालाई ध्यानमा राखी प्रदेश सरकारले पूर्वतयारी थालेको छ ।

सोमबारदेखि प्रदेशको आन्तरिक मामिला, कानून, युवा तथा खेलकुद् मन्त्रालयले प्राकृतिक विपद् तथा कोरोना नियन्त्रण प्रतिकार्यका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ । मनसुनको पूर्व तयारी तथा प्रतिकार्य योजनाका तयारी तथा अद्यावधिक गरी प्रदेशस्तरीय आपतकालित पूर्व तयारी तथा प्रतिकार्य योजना कोभिड र मनसून केन्द्रित तयारी कार्यदल गठन गर्ने निर्णय गरेको गरिएको छ ।

प्रतिकार्यका लागि आवश्यकता अनुसार जिल्ला र स्थानीय तहसम्म विस्तार र व्यवस्थापन गर्ने, बाढी र पहिरोबाट हुने क्षति न्यूनिकरणको लागि प्रदेश स्तरीय सञ्चार संयन्त्र तयार पार्ने, सबै जिल्ला, स्थानीय तह र जोखिममा रहेका समुदायमा जनचेतना अभिबृद्धि र त्यसका लागि विकास साझेदारहरुसंगको समन्वय र सहकार्य गर्दै स्थानीय तहसम्म आपत्कालिन संचालन केन्द्रहरुलाई सुदृढिकरण गर्ने निर्णय भएको आन्तरिक मामिला, कानून, युवा तथा खेलकुद् मन्त्री सीताकुमारी नेपालीले जानकारी दिइन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री नेपालीले प्रदेश बाढी पहिरो, आगलागी र चट्याङ जस्ता विपद्का घटनाबाट बर्षेनी लाखौं क्षति बेहोर्नुपरेको भन्द त्यसलाई रोक्न नयाँ प्रविधि र दक्ष जनशक्ति तयारी थाल्नुपर्ने बताइन । विपद्सँग जुध्नका लागि संघ, प्रदेश, स्थानीय तह र विकास साझेदारी निकायबीच आपसी समन्वय र सहकार्य हुनुपर्ने बताइन् ।

त्यस्तै कोरोना महामारी नियन्त्रण र निषेधाज्ञाका कारण हुनसक्ने खाद्य संकटका लागि सबै निकायलाई पहल चाल्न आग्रह गरिन् ।

मंगलबार, जेठ ११, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

“निष्पक्ष विचार खोजमुलक समाचार सभ्य समाज निर्माण आजको सरोकार” भन्ने नाराका साथ कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतमा कार्यालय रहने गरी कम्पनी रजिष्टारको कार्यालय र सुचना विभागमा आधिकारिक दर्ता भई नियमित सञ्चार माध्यमको रुपमा काम गर्दै आएको सेतु फ्लिमस् एण्ड टेलिभिजन नेटवर्क प्रा.लि द्धारा सञ्चालित WWW.JWALAUPDATE.COM नेपाली भाषाको अनलाईन समाचार पत्रिका हो ।

सम्पर्क कार्यालय : वीरेन्द्रनगर सुर्खेत कर्णाली प्रदेश नेपाल
मो. : ९८५८०२८९५७, ९८४८१९६९५७
news : [email protected]
add : [email protected]
सुचना विभाग दर्ता नं : 336933/80/081

हाम्रो टीम

प्रकाशक : सेतु फ्लिमस् एण्ड टेलिभिजन नेटवर्क प्रा.लि
प्रबन्धक : राजेश कुमाल ९७६५८०२०८९
सम्पादक : कोमल शाही ९८४८२१४६५८
डेस्क सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला । मो. ९८५८०२८९५७

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957