सुर्खेत । कर्णाली प्रदेश सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि झण्डै एक अर्ब बराबरको बजेट निकासा गरेको छ । कर्णाली सरकारले कोरोना रोकथाम तथा नियन्त्रण र व्यवस्थापनका लागि कर्णालीका ३३ स्थानीय तह अन्तर्गतका रणनीतिक अस्पतालहरूलाई उक्त रकम प्रदान गरिने जनाएको छ ।

चालु आव २०७७/७८ मा कोभिड १९ को रोकथाम, नियन्त्रण र प्रतिकार्य व्यवस्थापनका लागि सामाजिक विकास मन्त्रालय मातहतका सबै जनस्वास्थ्य सेवा कार्यालय तथा अस्पतालहरुमा कोभिड १९ महामारी नियन्त्रण कार्यक्रमतर्फ ७३ करोड रकम, अक्सिजनलगायतको कोभिड १९ प्रतिकार्य व्यवस्थापनका लागि ११ करोड ५० लाख, स्वास्थ्य सेवा निर्देशनालयको लागि कोभिड १९ सम्बन्धी प्रतिकार्य व्यवस्थापनका लागि थप बजेट १३ करोड ८० लाख गरी जम्मा ९८ करोड ३० लाख निकासा भएको कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका जानकारी दिए ।

त्यस्तै, कर्णाली प्रदेशको स्वीकृत दरबन्दीमा दुईतिहाइ स्वास्थ्यकर्मीहरू रिक्त रहेको भन्दै अत्यावश्यक जनशक्ति व्यवस्थापनको लागि १७६ जना सामुदायिक नर्स, ५८ जना कोभिड स्वास्थ्यकर्मी, दरबन्दी करारतर्फ १८३ जना चिकित्सक, नर्स तथा पारामेडिक्स स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।

कर्णालीका विभिन्न स्थानीय तहरुमा रहेका अस्पताललाई पनि कोरोनाविरुद्ध लड्नका लागि कर्णाली प्रदेश सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै १२ करोड १२ लाख २० हजार रकम छुट्याएको छ ।

सोमबार, जेठ १०, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१