सुर्खेत । प्रदेश अस्पताल सुर्खेतका बालरोग विशेषज्ञ डाक्टर नवराज केसी र जनरल फिजिसियन डाक्टर प्रदिप न्यौपानेले कोरोना भाइरसबाट संक्रमित पत्रकारका लागि निःशुल्क परामर्श सेवा दिने भएका छन् ।

नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश र डाक्टरद्वय बीच कर्णाली प्रदेशका १० वटै जिल्लाका संक्रमित पत्रकार र उनका परिवारलाई निःशुल्क परामर्श सेवा दिने गरि शुक्रबार सम्झौता भएको छ । कोरोना भाइरसबाट दिनप्रतिदिन पत्रकारहरु संक्रमित हुनथालेपछि संक्रमित पत्रकार र उनीहरुको परिवारको उपचारमा सहयोग पुर्याउने उद्देश्यले महासंघ कर्णाली प्रदेशको पहलमा सम्झौता गरिएको हो ।

डाक्टर केसी र न्यौपानेले कोरोना भाइरसको प्रभाव रहुन्जेल पत्रकार र उनीहरुका परिवारको स्वास्थ्य अवश्था,उपचार र कोरोनाबाट बच्न अपनाउनुपर्ने साबधानी, आइशोलेसनमा बस्दा ध्यानदिनुपर्ने कुराहरुको बारेमा निःशुल्क परामर्श दिने गरि सम्झौता गरिएको महासंघका अध्यक्ष देवीराम देवकोटाले जानकारी दिए । संक्रमित पत्रकार र उनीहरुको परिवारले डाक्टर केसी र न्यौपानेलाई फोन गरि आफूलाई देखिएको समस्याकाबारे जानकारी गराउनुपर्ने देवकोटाले बताए ।

डाक्टरद्वयलाई प्रत्यक्ष भेट गर्नुपरेमा सुर्खेतको जुम्ला रोडमा रहेको कर्णाली केयर हस्पीटलमा भेट्न सकिने छ । महासंघको तर्फबाट कोषाध्यक्ष गणेशकञ्चन भारतीले समन्वय गर्नेछन् । डाक्टर केसी र न्यौपानेले गतबर्ष पनि कोरोना भाइरस संक्रमितको उपचारमा विशेष भूमिका निर्बाह गरेका थिए ।

शनिबार, जेठ ०८, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक/सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्वाददाता : सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५, नविन पुरी ९८४८२७६७२८

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957