सुर्खेत । आर्थिक अभावमा एक सातादेखि घरमै थलिएका आँखा रोगी बराहताल गाउँपालिका ८ का भक्तबहादुर कामीको उपचार डा. सन्दुक रूइतले गरिदिने भएका छन् । आर्थिक अवस्था नाजुक भएकाले उनको उपचारका लागि परिवारका सदस्यहरुले सहयोगको याचना गरेको समाचार सञ्चार माध्यममा आएपछि काठमाडौंको तिलगंगा आँखा अस्पतालका कार्यकारी निर्देशक डा. रूइतले उपचार निःशुल्क गर्ने भएका हुन् ।

डा. रूइतले उपचार गर्ने बताएपछि बिरामी भक्तबहादुरलाई विभिन्न अभियन्ता तथा आफन्तको सहयोगमा २७ हजार रुपैयाँमा जिप रिजर्भ गरी शुक्रबार नै काठमाडौं पठाइएको स्थानीय विवश कठायतले जानकारी दिए ।

पूर्णबहादुर कामीका १५ वर्षीय छोरा भक्तबहादुरको वैशाख २३ गते आफ्नै घरमा कामगर्ने शिलसिलामा आँखामा ढुङ्गाले लागेर आँखा फुटेको हुँदा उपचारमा समस्या भएको हो। उपचार काठमाडौ तिलगंगा आँखा अस्पतालमा गर्नुपर्ने र पैसा नभएको भन्दै छोराको उपचारको लागि पूर्णबहादुरले सहयोग मागेका हुन् ।

शनिबार, जेठ ०१, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१