काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा पूर्व माओवादी खेमाका नेताहरुले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर यसपटक साथ दिन नसक्ने संकेत दिएका छन् ।

असार तेस्रो साता पार्टीभित्रैबाट अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिन दबाब खेपिरहेका बेला ओलीले पूर्वमाओवादी खेमा केही नेताको साथ पाएका थिए ।

स्थायी कमिटी बैठक चलिरहेका बेला प्रधानमन्त्री ओलीले १४ असारमा भारतले आफूलाई हटाउन खोजेको र त्यसमा नेपाली नेताहरुले भूमिका खेलेको बताएका थिए ।

१७ असारको बैठकमा शीर्ष नेताहरुले ओलीको अभिव्यक्तिको आलोचना मात्र गरेनन्, प्रधानमन्त्री र अध्यक्ष दुबै पद छाड्नुपर्ने बताए ।

तर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट मानिएका स्थायी कमिटी सदस्यहरू जनार्दन शर्मा, टोपबहादुर रायमाझी, मणि थापा, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, लेखराज भट्टलगायतले प्रधानमन्त्री ओलीलाई साथ दिए । त्यतिबेला उनीहरुले ओलीलाई दुबै पद छाड् भन्नु पार्टी एकताको भावना विपरीत हुने तर्क गरेका थिए ।

सोमबार, कार्तिक २४, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक : निर्मला स्वर्णकार ९८४८१९६९५७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४