काठमाण्डौं । चर्चित र्‍यापर भिटेन उर्फ समिर घिसिङले गाएको नयाँ र्‍याप ‘पारा’ अहिले यूट्यूवको नेपाल ट्रेन्डिङमा एक नम्बरमा परेको छ ।

यूट्यूव ट्रेन्डिङलाई लोकप्रियताको मानक मान्ने हो भने गीतले अत्यधिक लोकप्रिय बनिरहेको मान्नुपर्ने हुन्छ । ५ दिनमा १० लाख भ्यूज कटाउनु पनि सफलताको सूचक नै हो । कम्तीमा टिनएजर्सले यो गीत सुनेर मज्जा लिइरहेको त स्वीकार्नैपर्छ ।

गीतले झण्डै एक लाख लाइक्स बटुलिसकेको छ भने साढे आठ हजार कमेन्टहरु आएका छन् । अधिकांस कमेन्ट भिटेनलाई फुर्क्याउने खालकै छन् ।

भिटेन तिनै र्‍यापर हुन् जसलाई अश्लील गीत गाएको आरोपमा एक वर्ष अगाडि प्रहरीले पक्राउ गरेको थियो । उनले गाएको ‘हामी यस्तै त हो नि ब्रो’ गीतमा प्रहरीको बदनाम गरेको आरोप लगाइएको थियो । साथै, महिलाहरुलाई ‘माल’ को संज्ञा दिएको भनेर व्यापक आलोचना पनि भएको थियो ।

तर, अहिलेको गीतमा पनि उनले ‘माल’ शब्दको प्रयोग गर्नुका साथै अश्लील शब्दको समेत प्रयोग गरेका छन् ।

https://www.youtube.com/watch?v=xxfi9NkxPcI

शनिबार, कार्तिक १५, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४