रूस सबैभन्दा धेरै कोरोनाभाइरस संक्रमित भएको दोस्रो राष्ट्र बनेको छ ।
आइतबारसम्म त्यहाँ कोरोनाभाइरस संक्रमितको संख्या २ लाख ८१ हजार ७ सय ५१ पुगेको हो। त्यस्तै संक्रमणबाट मृत्यु हुनेको संख्या भने दुई हजार ६ सय ३१ छ।

रूसमा औसत दैनिक १० हजारको दरले संक्रिमित थपिँदै गएका छन्। शनिबार मात्रै त्यहाँ ९ हजार दुई सय संक्रमित थपिएका थिए भने ११९ जनाले ज्यान गुमाएका थिए । त्यस्तै शुक्रबार १० हजार ५ सय ९८ संक्रमित थपिएका थिए भने १ सय १३ ले ज्यान गुमाएका थिए । गत वैशाख २१ गते रूस सबैभन्दा बढी कोरोना संक्रमित भएका मुलुकमा सातौं नम्बरमा थियो तर दुई सातामा यो दोस्रो स्थानमा उक्लिएको हो ।

त्यहाँ आमनागरिकलाई मात्र नभइ रूसी प्रधानमन्त्री मिखाइल मिसुस्तिनमा पनि कोरोनाभाइरसको संक्रमण देखिएको छ । गत मंगलबार राष्ट्रपति भ्लादमिर पुटिनका प्रवक्ता डिम्ट्री पेस्कोभमा समेत कोरोना संक्रमण देखिएको उनले बताएका थिए । अहिले सबैभन्दा बढी संक्रमित भएको राष्ट्र अमेरिका हो । त्यहाँ १५ लाख ८ हजार ९० संक्रमित छन् भने ९० हजार एक सय २३ जनाले ज्यान गुमाइसकेका छन् ।

अन्य राष्ट्रको तुलनामा रूसमा संक्रमितको संख्या तीव्र गतिमा बढेपनि मृत्यु दर भने कम छ । रूसपछि सबैभन्दा बढी संक्रमित स्पेन, बेलायत, ब्राजिल र इटालीमा छन् । स्पेनमा २७ हजार ६ सय ५०, बेलायतमा ३४ हजार ४ सय ६६, ब्राजिलमा १५ हजार ६ सय ६२ र इटालीमा ३१ हजार सात सय ६३ संक्रमितको मृत्यु भइसकेको छ । अहिले रूसमा संक्रमणको संख्या तीव्र गतिमा बढेपछि ३१ मे सम्मका लागि लकडाउन लम्ब्याएको छ। यसअघि मे ११ सम्मका लागि लकडाउन गरिएको थियो।

आइतबार, जेठ ०४, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१