सुर्खेत । कर्णालीमा मानव अधिकार सहायता कक्ष स्थापना गरिएको छ । जोखिममा रहेका मानव अधिकार रक्षक तथा मानव अधिकार उल्लङ्घनका पीडितलाई सहयोग गर्ने उद्देश्यले सो सहायता कक्ष स्थापना गरिएको हो । राष्ट्रिय मानव अधिकार आयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशको आयोजनामा उक्त कक्ष स्थापना गरिएको हो ।

सहायता कक्ष सञ्चालनका लागि विभिन्न क्षेत्रका प्रतिनिधि सम्मिलित सात सदस्यीय समिति गठन गरिएको छ । समितिमा गैसस महासङ्घका टीकाराम आचार्य, अधिकारकर्मी मधुरानी ढकाल, खगिसरा ओली, पत्रकार महाङ्सघका दिपेन्द्र शर्मा, नेपालबारका उत्तम आचार्य, राष्ट्रिय अपाङ्ग महाङ्सघका विष्णुप्रसाद शर्मा र इन्सेक प्रतिनिधि टीका विष्ट सदस्य रहेका छन् ।

सहायता कक्षबाट जोखिममा परेका मानव अधिकार रक्षक तथा मानव अधिकार उल्लङ्घनका पीडितलाइ कानुनीसँगै आर्थिक सहायता पाउने छन् ।

मानव अधिकार रक्षक तथा मानव अधिकार उल्लङ्घनका पीडित भएर जोखिममा परेकाले उनीहरूको सहयोगका लागि सहायता कक्ष स्थापना गरिएको इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले जानकारी दिए ।

बुधबार, भाद्र २४, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक/सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्वाददाता : सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५, नविन पुरी ९८४८२७६७२८

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957