जुम्ला । प्रत्येक वर्ष जनैपूर्णिमा वा रक्षाबन्धको पछिल्लो दिनबाट लाग्ने कर्णालीकै प्रसिद्ध लामो र ठूलो जात्रा यस वर्ष कोरोना भाइरसका कारण सञ्चालन नहुने भएको छ । जनैपूर्णिमाको भोलिपल्ट अर्थात् साउन २० गते गाईजात्राको दिनदेखि शुरु हुने जात्रा श्रीकृष्ण जन्मअष्टमीका दिन मात्रै सकिने भए पनि कोरोना भाइरसका कारण यो वर्ष सञ्चालन नहुने भएको हो ।

शुक्ल प्रतिपदाका दिन शुरु भई कृष्णजन्मअष्टमी गरेर आठ दिनसम्म मनाउने कर्णालीकै इतिहासिक चलन यो कोरोना भाइरसका कारण तोडिने भएको छ । एक वर्षभित्र मृत्यु भएका आफ्ना परिवारका सदस्यको सम्झनामा प्रतीकको रुपमा मानिसलाई गाईको रुपमा सिँगारेर वा गाईलाई नै नगर परिक्रमा गराउने चलन रहिआएको थियो ।

पहिलो दिन गाईजात्रा, दोस्रो दिन रोपाइँ जात्रा, तेस्रो दिनमा सानो पल्टन, मिम बादशाह र चौथो दिन मिम बादशाह, ठूलो पल्टन तथा बाघ भालु जात्रा निकालिने इतिहासिक चलन रहिआए पनि यो वर्ष कोरोना भाइरसका कारण जात्रा नहुने भएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए ।

लिच्छविकालमा राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई सान्त्वना दिन सबैले यस्तो शोक बेहोर्नुपर्छ भन्ने देखाउन मानिस मृत्यु भएको घरबाट गाईजात्रा निकाल्ने व्यवस्था मिलाई रानीलाई देखाएका थिए । त्यसपछि पनि रानीको मन शान्त हुन नसकेपछि हसाउने कार्यक्रम गरेको इतिहास छ ।

त्यसैलाई आधार मानेर गाईजात्रामा सामाजिक कुरिती, राजनीतिक विकृति र प्रशासनिक कमजोरीलाई लक्षित गरेर व्यङ्ग्यात्मक कार्यक्रमको आयोजना गर्ने चलन रही आएको थियो ।

सिंजामा पनि जात्रा नलाग्ने

खस भाषाको उद्गम स्थल सिंजाको कनकासुन्दरीमा पनि यो वर्ष जात्रा नलाग्ने भएको छ । कनकासुन्दरी गाउँपालिकाले एक सूचना जारी गर्दै कोरोना भाइरसको सङ्क्रमण फैलन सम्भावना भए पनि जात्रा नलाग्ने भएको हो । गाउँपालिका अध्यक्ष नरविर रावतका अनुसार कोरोना भाइरसको प्रकोप बढ्दो अवस्थामा भएकाले यस क्षेत्रमा जात्रा, पैठ कुनै पनि मेलापर्व नहुने सबै नागरिकलाई सूचित गरिएको छ ।

शनिबार, साउन १७, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक : निर्मला स्वर्णकार ९८४८१९६९५७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४