काठमाडौ, असार १७ । नेपाल आयल निगमले ईन्धनको मुल्यमा वृद्धि गरेको छ । मंगलबार राती १२ बजे दखि लागु हुने गरी पेट्रोलको मूल्य ५ रुपैयाँले बढेको छ ।

इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यअनुसार नेपालमा इन्धनको मूल्य बढाउने निर्णय गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।

निगमको निर्णयअनुसार पेट्रोलको खुद्रा मूल्य ५ रुपैया, डिजेल र मट्टीतेलमा २/२ रुपैयाँ बढेको छ । निगमले हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य यथावत राखेको छ ।

अब पेट्रोल, डिजेल र मट्टीतेल कुन ठाउँमा कति मुल्य पर्नेछ ?
नयां खुद्रा मूल्य समायोजनपश्चात् देशका विभिन्न ठाउँमा मुल्यदर तोकिएको छ । थानकोट, सुर्खेत र दिपायलका लागि पेट्रोल प्रतिलिटर १ सय १, डिजेल ८७ र मटितेल ८७ रुपैयाँ पर्नेछ ।

त्यसैगरी पोखरा र दाङका लागि पेट्रोल प्रतिलिटर १ सय रुपैंया ५० पैसा, डिजेल ८६ रुपैयाँ ५० पैसा र मटितेल ८६ रुपैयाँ ५० पैसा पर्ने निगमले जनाएको छ ।

चारआली, विराटनगर, महेन्द्रनगर, वीरगन्ज, अमलेखगन्ज, भलवरी, नेपालगन्ज र धनगढीका लागि पेट्रोल ९९ रुपैयाँ ५० पैसा, डिजेल ८५ रुपैयाँ ५० पैसा र मटितेल ८५ रुपैयाँ ५० पैसा पर्नेछ ।

बुधबार, आषाढ १७, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक/सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्वाददाता : सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५, नविन पुरी ९८४८२७६७२८

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957