उपाधि DV Niketan र VMA लाई
सुर्खेत । भ्यालि मेरिडियन VMA Carnival–2083 अन्तर्गत आयोजित अन्तरविद्यालय बास्केटबल प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ ।
प्रतियोगिताको समापन समारोहमा विजेता तथा सहभागी सबै विद्यालयलाई सम्मानसहित बधाई ज्ञापन गरिएको छ ।
पुरुष टीम तर्फ प्रथम 🏆 डिभि निकेतन, द्वितिय ईगरव्रिज स्कुल र तृतीय सेन्ट म्यारिच स्कुल भएका छन् ।
यस्तै, छात्रा तर्फ प्रथम भ्यालि मेरिडियन (VMA), द्वितीय — सेन्ट म्यारिच स्कुल (St. Mary’s) र तृतीय एसओएस हर्मन माईनर स्कुल (SOS HGS) भएका छन् ।
प्रतियोगितालाई सफल बनाउन सहभागी विद्यालय, खेलाडी, प्रशिक्षक, रेफ्री, टिम व्यवस्थापक तथा विद्यालय प्रतिनिधिहरूले पुर्याएको सहयोग, अनुशासन, खेलभावना र उत्साहप्रति आयोजकले आभार व्यक्त गरेको छ ।
विजेता टिमहरूलाई हार्दिक बधाई तथा आगामी दिनका लागि शुभकामना समेत ब्यक्त गरिएकाे छ ।
बुधबार, आश्विन ०७, २०८३मा प्रकाशित गरिएको



