सुर्खेत । स्वर्गीय पत्रकार डिलप्रकाश शर्माको परिवारलाई नेपाल–अमेरिका पत्रकार संघले आर्थिक सहयोग गरेकोछ । अमेरिकामा रहेका नेपाली सञ्चारकर्मीहरुको सांझा संस्था नेपाल–अमेरिका पत्रकार संघ (नेजा) ले वोनम्यारो रोगबाट मृत्यु भएका शर्माका परिवारलाई आर्थिक सहयोग गरेको हो ।

 

नेजाका अध्यक्ष विकासराज न्यौपानेले शर्माको घरमै पुगेर उनकी आमा खगिसरा जैशी शर्मालाई ६५ हजारको चेक हस्तान्तरण गरेका छन् । चेक बुझ्दै शर्मा की आमा खगिसराले आफ्नो छोरालाई बचाउन पत्रकार महासंघले गरेको सहयोगप्रति कृतज्ञता व्यक्त गरिन् ।

नेजाका अध्यक्ष न्यौपानेले अमेरिकमा रहेपनि नेपालका सञ्चारकर्मी साथीहरुको सुख र दुःख सारथी बनेको बताए । अमेरिकमा भएपनि भाइचाराको सम्बन्ध कायम गरिरहेको न्यौपानेका भनाई छ । उनले आगामी दिनमा पनि यस्तै सहयोगहरु गरिरहने प्रतिवद्धता जनाए । कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रीय अध्यक्ष विपुल पोखरेल, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका कोषाध्यक्ष गणेशकञ्चन भारती, नेपाल पत्रकार महासंघ शाखा सुर्खेतका कोषाध्यक्ष ललित गाहा, दैलेख अध्यक्ष यज्ञराज थापा लगायतको उपस्थिति थियो ।

स्व। पत्रकार शर्मा ६ वर्षदेखी सुर्खेतमा रहेर साझा विसौनी दैनिक र देश सञ्चार अनलाइनमा कार्यरत थिए । २३ वर्षीय शर्माको २०७६ साल कार्तिक २८ गते उपचारको क्रममा काठमाडौंको नयाँ बानेश्वरमा रहेको सिभिल अस्पतालमा निधन भएको थियो ।

बिहिबार, कार्तिक २५, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक/सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्वाददाता : सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५, नविन पुरी ९८४८२७६७२८

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957