सुर्खेत । सुर्खेतमा कोरोना भाइरस (कोभिड १९) विरुद्धको भेरोसेल खोप दिइने भएको छ । पाँच वटा स्थानीय तहमा आज (बिहीवार) र चार वटा स्थानीय तहमा पर्सि (शनिवार) ६२ देखि ६४ वर्ष उमेर समूहका व्यक्तिहरूलाई उक्त खोपको पहिलो डोज लगाउन लागिएको हो । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले हरेक स्थानीय तहको स्वास्थ्यचौकी, प्राथमिक स्वास्थ्यचौकी, स्वास्थ्य केन्द्र तथा अस्पतालहरूमा गएर खोेप लगाउन अनुरोध गरेको छ । खोप तोकिएका केन्द्रहरूमा बिहान १० बजेदेखि ४ बजेसम्म लगाइने छ ।

सुर्खेतमा पहिलो चरणमा करिब ६ हजारलाई भेरोसेल खोप लगाउने तयारी छ । जनस्वास्थ्य कार्यालयका प्रमुख चेतननिधि वाग्लेले पाँच हजार नौ सय ८६ जनालाई खोपको पहिलो मात्रा दिन लागेको जनाए । जिल्लाका पाँच वटा स्थानीय तहमा आज (बिहीवार) खोप लगाइँदै छ भने चार वटा स्थानीय तहमा पर्सि (शनिवार) लगाइने तयारी छ । गुर्भाकोट नगरपालिका, भेरीगंगा नगरपालिका, लेकवेशी नगरपालिका, सिम्ता गाउँपालिका र चिङ्गाड गाउँपालिकामा आज खोप दिइने छ ।

यस्तै, शनिवार वीरेन्द्रनगर नगरपालिका, पञ्चपुरी नगरपालिका, बराहताल गाउँपालिका र चौकुने गाउँपालिकामा खोप लगाइने छ । नागरिकता वा उमेर खुल्ने अन्य कुनै कागजात लिएर खोप केन्द्रमा जान आग्रह गरिएको छ । वीरेन्द्रनगर नगरपालिकाले पनि नगरपालिकाका १६ वटै वडामा रहेका स्वास्थ्य संस्थामा गएर खोप लगाउन नगरवासीलाई सूचना गरेको छ । नगरपालिकाका अनुसार वडा नं. १ स्थित आधारभूत स्वास्थ्य सेवाकेन्द्र धारापानी, वडा नं। २ को उत्तरगंगा स्वास्थ्यचौकी, वडा नं. ३ को आधारभूत स्वास्थ्य सेवा केन्द्र प्रगतिनगर र वडा नं. ४ मा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्र हिलेखालीमा खोप लगाइँदै छ ।

त्यस्तै, वीरेन्द्रनगरको वडा नं. ५ मा आधारभूत स्वास्थ्य सेवा केन्द्र चिसापानी, वडा नं. ६ मा बाल मन्दिर परिसर, वडा नं. ७ मा कटकुवा स्वास्थ्यचौकी, वडा नं. ८ मा आधारभूत स्वास्थ्य सेवाकेन्द्र नौलापुर र वडा नं. ९ मा लाटीकोइली स्वास्थ्यचौकीमा खोप लगाइने छ । वडा नं. १० को आधारभूत स्वास्थ्य सेवा केन्द्र घुस्रा, वडा नं. ११ को आधारभूत स्वास्थ्य सेवा केन्द्र पिपिरा, वडा नं. १२ को आधारभूत स्वास्थ्य सेवा केन्द्र नेवारेमा खोप दिइने छ । वडा नं. १३ मा रहेको स्वास्थ्यचौकी जर्बुटा, वडा नं. १४ को स्वास्थ्यचौकी गढी, वडा नंं. १५ को स्वास्थ्यचौकी रतु र वडा नं. १६ को सानीलेख स्वास्थ्यचौकीमा कोरोनाविरुद्धको खोप दिइने नगरपालिकाले जनाएको छ ।

सुर्खेतमा भेरोसेल खोप पहिलो पटक दिन लागिएको हो । यसअघि कोरोनाविरुद्धको कोभिसिल्ड खोप दिइएको थियो । पहिलो डोज जुन खोप लगाएको हो दोस्रो डोज पनि उही खोप नै लगाउनुपर्ने हुन्छ । कोभिसिल्डको दोस्रो मात्रा लगाउन बाँकी रहेकालाई खोप उपलब्ध हुनासाथ लगाइने तयारी गरिएको जनस्वास्थ्य सेवा कार्यालयले जनाइएको छ । (साझा विसाैनीमा समाचार छ ।)

बिहिबार, जेठ २७, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक/सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्वाददाता : सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५, नविन पुरी ९८४८२७६७२८

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957