सुर्खेत । पोषण सुधारका लागि काम गरिरहेको सुआहारा परियोजनाले कोभिड १९ नियन्त्रणको लागि कर्णाली प्रदेशका विभिन्न पालिका र प्रदेश सरकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
विश्वमा फैलिरहेको नयाँ भेरियन्ट सहितको कोभिड नियन्त्रणका लागि स्वस्थ्य सामाग्रीहरु विभिन्न जिल्ला अन्तर्गतका गाँउपालिका, नगरपालिका लगायत कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य महाशाखालाई सहयोग गरेको हो ।
विश्वमा महामारीको रुपमा फैलिरहेको कोभिड १९ रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्याउनको लागि स्वास्थ्य कर्मचारीहरु र महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई पुग्ने गरी मास्क, सेनिटाइजर, पिपिइ सेट, सन्देशमूलक फ्लेयर वितरण गरिएको सुआहारा कर्णाली प्रदेश संयोजक सुरज कुमार शर्माले जानकारी दिए ।
शर्माका अनुसार यस अवधिमा सुआहारा कार्यक्रमवाट तीन सय ७३ वटा स्वास्थ्य संस्थाहरु र २ हजार ७ सय ६५ महिला स्वास्थ्य स्वयम् सेविकाहरु प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् ।
सुआहारा दोस्रो कार्यक्रमलाई विभिन्न जिल्लाहरुमा स्थानीय साझेदार संस्थाहरुले कार्यन्वयन गरिरहेका छन् जस अन्तर्गत सुर्खेत जिल्लामा स्थानीय साझेदार संस्था समाज जागरण केन्द्र (स्याक) नेपालले कार्यक्रम संचालन गरिरहेको छ ।
सुर्खेतमा रहेका ९ सय ८७ स्वास्थ्य स्वयंसेविकाहरु र ९५ वटा स्वास्थ्य संस्थाहरु सवैलाई पुग्ने गरी माक्स र सेनिटाइजर तथा प्रति पालिका ५/५ वटा पिपिइ सेट उपलब्ध गराइएको सुआहारा कार्यक्रमका फिल्ड संयोजक रेशम चन्दले बताए ।
बन्दाबन्दीको अवधिमा सवै पालिकाहरुसँगको समन्वयमा सुनौला हजार दिनका आमाहरु र तिनका परिवारका सदस्यहरु तथा कोभिड संक्रमित वा सम्भावित व्यक्तिहरुको घरमा फोनवाट पोषण, स्वास्थ्य, सरसफाई लगायत कोभिड संक्रमणवाट बच्न अपनाउनु पर्ने उपायहरुबारे परामर्श गरिरहेको संयोजक चन्दको भनाई छ ।
निषेधाज्ञाको अवधिमा मात्र २ हजार ४ सय ६१ घरधुरीमा फोन परामर्श गरिएको छ जसमध्ये ५ सय ८३ जना गर्भवती र ९ सय ७० जना दुइ वर्ष मूनिको बच्चाको आमाहरु रहेको उनले जानकारी दिए । प्रदेश भरका सुनौला हजार दिनका आमाहरु र तिनका परिवारका सदस्यहरुको पोषण अवस्थामा सुधार ल्याउन विभिन्न स्वास्थ्य र पोषण सम्बन्धी काम गरिरहेको सुआहारा दोस्रो कार्यक्रम अहिले सुर्खेत, दैलेख, जाजरकोट, सल्यान र रुकुम पश्चिममा यो कार्यक्रम संचालनमा रहेको छ ।

बुधबार, जेठ १९, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक/सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्वाददाता : सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५, नविन पुरी ९८४८२७६७२८

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957