काठमाण्डौ । भारतमा फेरि अर्को आँधीको चेतावनी दिईएको छ । अरब सागरमा उत्पन्न भएको ताउ–तो चक्रवातको प्रभाव झेलेको केही दिनमै यास नामको चक्रवात उत्पन्न भएको भारतको मौसम विभागले जनाएको छ ।

बङ्गालको खाँडीमा उत्पन्न हुने चक्रवातले भारतको पश्चिम बङ्गाल र ओडिसा राज्यमा प्रभाव पार्ने राष्ट्रिय विपद् व्यवस्थापन विभागलाई उदृत गर्दै बीबीसीले जनाएको छ । भारतीय गृहमन्त्री अमित शाहले प्रभावित क्षेत्रमा हुने क्षति न्यूनीकरणका लागि सेनालाई तयारी अवस्थामा राखिएको बताएका छन् ।

भोलि बेलुकासम्म समुद्रबाट उठ्ने आँधी आउँदो बुधवार तटीय क्षेत्रमा ठोक्किने बताइएको छ । पश्चिम बङ्गाल र ओडिसाको तटीय क्षेत्रमा एक सय ६५ किलोमिटर प्रतिघण्टासम्मको गतिमा हावा चल्नुकासाथै ठूलो पानी पर्ने सम्भावना रहेको मौसम विभागलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यास चक्रवातले पार्ने प्रभाव र विपद् व्यवस्थापनका बारेमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मौसम विभाग र राष्ट्रिय विपद् व्यवस्थापन विभागका पदाधिकारीसँग बैठक गर्ने कार्यक्रम छ ।

आइतबार, जेठ ०९, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१