सुर्खेत । आर्थिक अभावमा एक सातादेखि घरमै थलिएका आँखा रोगी बराहताल गाउँपालिका ८ का भक्तबहादुर कामीको उपचार डा. सन्दुक रूइतले गरिदिने भएका छन् । आर्थिक अवस्था नाजुक भएकाले उनको उपचारका लागि परिवारका सदस्यहरुले सहयोगको याचना गरेको समाचार सञ्चार माध्यममा आएपछि काठमाडौंको तिलगंगा आँखा अस्पतालका कार्यकारी निर्देशक डा. रूइतले उपचार निःशुल्क गर्ने भएका हुन् ।

डा. रूइतले उपचार गर्ने बताएपछि बिरामी भक्तबहादुरलाई विभिन्न अभियन्ता तथा आफन्तको सहयोगमा २७ हजार रुपैयाँमा जिप रिजर्भ गरी शुक्रबार नै काठमाडौं पठाइएको स्थानीय विवश कठायतले जानकारी दिए ।

पूर्णबहादुर कामीका १५ वर्षीय छोरा भक्तबहादुरको वैशाख २३ गते आफ्नै घरमा कामगर्ने शिलसिलामा आँखामा ढुङ्गाले लागेर आँखा फुटेको हुँदा उपचारमा समस्या भएको हो। उपचार काठमाडौ तिलगंगा आँखा अस्पतालमा गर्नुपर्ने र पैसा नभएको भन्दै छोराको उपचारको लागि पूर्णबहादुरले सहयोग मागेका हुन् ।

शनिबार, जेठ ०१, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक/सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्वाददाता : सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५, नविन पुरी ९८४८२७६७२८

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957